PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रेस काउन्सिलका अध्यक्ष भन्छन्- ‘एकल स्वामित्वका मिडिया मर्ज गरे सजिलो’



पहिलोपोस्ट

प्रेस काउन्सिलका अध्यक्ष भन्छन्- ‘एकल स्वामित्वका मिडिया मर्ज गरे सजिलो’

 धनगढी : प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले एकल स्वामित्वका मिडिया गृहलाई मर्ज गरेर सामूहिक बनाउँदा सजिलो हुने बताएका छन्।
                         
'धेरै सञ्चार गृह भएरमात्रै उपलब्धि हासिल हुँदैन,' पब्लिक मिडिया फाउण्डेशनको बिहीबार धनगढीमा उद्घाटन गर्दै अध्यक्ष कार्कीले भने। सञ्चार क्षेत्र देश, समाज र जनसमुदायको आँखा भएकोले संयमित र संवेदनशील भएर अगाडि बढ्नसमेत उनले सुझाव दिए। 

मिडियाले विषयगतभन्दा पनि समग्रतामा निरन्तरता दिनुपपर्ने भन्दै उनले थपे, ’देशमा राजनीतिक परिवर्तनपछि अब राष्ट्र, समाज र जनताको आर्थिक समृद्धिको पक्षमा मिडियाले जोड दिनुपर्छ।'

सो कार्यक्रममा उनले साना लगानीमा खुलेका मोफसलका सञ्चार गृहले भोग्ने समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रयास भइरहेको जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell