
युरो मिनी विश्वकप हो भने कोपा अमेरिका विश्वकै पुरानो फुटबल प्रतियोगिता। युरो कप सुरु हुन ७ दिन बाँकी छ भने कोपा अमेरिका कप भोलिदेखि नै सुरु हुँदैछ। तर अहिले चर्चा कोपा अमेरिकाको भन्दा बढी युरोको छ। विश्व चर्चित लियोनल मेसी, लुइस सुवारेज, एलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज जस्ता खेलाडीहरुले कोपा अमेरिकामा सहभागिता जनाउँदैछन्। यति हुँदाहुँदै पनि यसलाई युरोले छायाँमा पारेको छ।
कोपा अमेरिकाको ४५ औं संस्करणको ६ विशेषता
सय वर्ष, ४५ संस्करण
विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता हो । ४४ औं संस्करणसम्म दक्षिण अमेरिकी भूमिमा हुँदै आएको प्रतियोगिता यो पटक अमेरिकामा हुँदैछ। कोपा अमेरिका सेन्टेनारियो नाम दिइएको प्रतियोगिताको ४५ औं संस्करण भोलि (शुक्रबार)बाट सुरु हुँदैछ। सुरुमा साउथ अमेरिकन च्याम्पियन्स नाम रहेको प्रतियोगितालाई १९७५ देखि कोपा अमेरिकाको नामबाट खेलाउन थालिएको हो।पहिलो पटक अमेरिकामा
सन् १९१६ बाट सुरु भएको प्रतियोगिता सयौं वर्षको अवसर पारेर अमेरिकामा हुन लागेको हो। पछिल्लो पटक चार/चार वर्षको अन्तरमा हुँदै आए पनि सुरुवातमा भने कोपा अमेरिका एक वर्ष वा दुई वर्षको अन्तरमा हुने गर्थ्यो। १९१६ र १७ मा लगातार आयोजना भएको कोपा अमेरिका १९१८ मा भएन भने १९१९ देखि १९२७ सम्म लगातार आयोजना भएको थियो। यस्तै गत वर्ष चिलीमा ४४ औं संस्करण आयोजना भएको थियो।
पहिलो पटक १६ टीम खेल्दै
यसै संस्करणदेखि कोपा अमेरिकामा १६ टीमले सहभागिता जनाउनेछन् जसमा दक्षिण अमेरिकाको १० टीम रहनेछन् भने उत्तर तथा मध्य अमेरिकाबाट ६ टीमले भाग लिनेछन्। यसअघि पछिल्लो संस्करणमा १२ राष्ट्रले भाग लिएका थिए।दक्षिण अमेरिकाबाट अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्विया, इक्वेडर, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुएला छन्। उत्तर अमेरिकाबाट अमेरिका आयोजकको हैसियतले स्वतः छनोट भएको हो भने मेक्सिको पनि स्वतः छनोट भएको छ।
यस्तै कोस्टारिका सन् २०१४ को कोपासेन्ट्रो अमेरिका र जमैका क्यारेवियन कप विजेताको रुपमा छनोट भएको हो। सन् १९१६ मा ४ टीमबाट सुरु भएको प्रतियोगिता सय वर्षमा आइपुग्दा १६ टीमसम्म पुगेको हो।
- दुई राष्ट्रको डेब्यु
अहिलेसम्म ८ राष्ट्र च्याम्पियन
४४ संस्करणसम्म आइपुग्दा कोपा अमेरिकाको उपाधि ८ राष्ट्र जितेका छन् ।उरुग्वले सर्वाधिक १५ पटक जितेको छ भने अर्जेन्टिनाले १४ पटक, ब्राजिलले ८ पटक, पेरु र पाराग्वेले समान २/२ पटक तथा चिली, कोलम्विया र बोलिभियाले समान १ पटक जितेका छन् । पाराग्वे बाहेक अरु ७ राष्ट्रले घरेलु भूमिमै उपाधि जितेको थियो भने उरुग्वे र ब्राजिलले घरेलु भुमिमा भएको सबै प्रतियोगिताको उपाधि जितेको छ। दक्षिण अमेरिकाका इक्वेडर र भेनेजुएलाले मात्र अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन्।
४५ औं संस्करणको उद्घाटन खेल भोलि समूह ‘ए’ मा रहेका आयोजक अमेरिका र कोलम्बिया बीच प्रतिस्पर्धा हुनेछ। खेल सान्टा क्लारास्थित लेभिज स्टेडियममा हुनेछ। यसपटकको विजेता आगामी वर्ष हुने कन्फेडेरेसन कपमा छनोट हुनेछैन। गतवर्षको विजेता चिलीले नै २०१७ को कन्फेडेरेसन कप खेल्नेछ।
नेमार छैनन्
नेमार अहिले विश्व फुटबलकै चर्चित नाम हो। बार्सिलोनाका साथीहरु लियोनल मेसी र लुइस सुवारेज प्रतियोगिता खेल्दै गर्दा नेमार भने घरमै बसेर खेल हेर्नेछन्।ब्राजिली प्रशिक्षक डुङ्गाले आगामी अगस्टमा हुने ओलम्पिकमा खेलाउन भन्दै नेमारलाई कोपा अमेरिका खेल्ने ब्राजिलियन टोलीमा नराखेका हुन्।
४५ औं कोपा अमेरिकाको खेल तालिका
समूह ए अमेरिका, कोलम्विया, कोस्टारिका, पाराग्वे३ जुन बेलुका ९:३० अमेरिका कोलम्विया जेठ २२ गते बिहान ७:१५ बजे
४ जुन बेलुका ५:०० कोस्टारिका पाराग्वे जेठ २३ गते बिहान २:४५ बजे
७ जुन बेलुका ८:०० अमेरिका कोस्टारिका जेठ २६ गते बिहान ५:४५ बजे
७ जुन बेलुका १०:३० कोलम्विया पाराग्वे जेठ २६ गते बिहान ८:१५ बजे
११ जुन बेलुका ७:०० अमेरिका पाराग्वे जेठ ३० गते बिहान ४:४५ बजे
११ जुन बेलुका ९:०० कोलम्विया कोस्टारिका जेठ ३० गते बिहान ६:४५ बजे
समूह बी ब्राजिल, इक्वेडर, हाइटी, पेरु
४ जुन बेलुका ७:३० हाइटी पेरु जेठ २३ गते बिहान ५:१५ बजे
४ जुन बेलुका १०:०० ब्राजिल इक्वेडर जेठ २३ गते बिहान ७:४५ बजे
८ जुन बेलुका ७:३० ब्राजिल हाइटी जेठ २७ गते बिहान ५:१५ बजे
८ जुन बेलुका १०:०० इक्वेडर पेरु जेठ २७ गते बिहान ७:४५ बजे
१२ जुन बेलुका ६:३० इक्वेडर हाइटी जेठ ३१ गते बिहान ४:१५ बजे
१२ जुन बेलुका ८:३० ब्राजिल पेरु जेठ ३१ गते बिहान ६:१५ बजे
समूह सी मेक्सिको, उरुगवे, जमैका, भेनेजुएला
५ जुन बेलुका ५:०० जमैका भेनेजुएला जेठ २४ गते बिहान २:४५ बजे
५ जुन बेलुका ८:०० मेक्सिको उरुग्वे जेठ २४ गते बिहान ५:४५ बजे
९ जुन बेलुका ७:३० उरुग्वे भेनेजुएला जेठ २८ गते बिहान ५:१५ बजे
९ जुन बेलुका १०:०० मक्सिको जमैका जेठ २८ गते बिहान ७:४५ बजे
१३ जुन बेलुका ८:०० मेक्सिको भेनेजुएला जेठ ३२ गते बिहान ५:४५ बजे
१३ जुन बेलुका १०:०० उरुग्वे जमैका जेठ ३२ गते बिहान ७:४५ बजे
समूह डी अर्जेन्टिना, चिली, पानामा, बोलिभिया
६ जुन बेलुका ७:०० पानामा बोलिभिया जेठ २५ गते बिहान ४:४५ बजे
६ जुन बेलुका १०:०० अर्जेन्टिना चिली जेठ २५ गते बिहान ७:४५ बजे
१० जुन बेलुका ७:०० चिली बोलिभिया जेठ २९ गते बिहान ४:४५ बजे
१० जुन बेलुका ९:३० अर्जेन्टिना पानामा जेठ २९ गते बिहान ७:१५ बजे
१४ जुन बेलुका ८:०० चिली पानामा असार १ गते बिहान ५:४५ बजे
१४ जुन बेलुका १०:०० अर्जेन्टिना बोलिभिया असार १ गते बिहान ७:४५ बजे