PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

दुई लागुऔषध कारोबारी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

काठमाडौं : लागुऔषधको अवैध कारोबार गर्ने दुई जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्ला जिल्ला स्थायी घर भई हाल काठमाडौं बसुन्धरा बस्ने ३७ वर्षीय राजु रोक्का मगर र सुनसरीको धरान घर भई हाल ललितपुर खुमलटार बस्ने ३५ वर्षीय सनिम राई रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले फेरागन, नुफिन र सेरीजैक एम्पल गरी जम्मा १ सय ५ थान बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell