PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

साढे ३ केजी चरेस सहित बालाजुबाट एक जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : प्रहरीले ३ केजी ५ सय ग्राम चरेस सहित एक जनालाई आज बिहान पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले झोलाभित्र लुकाइराखेको अवस्थामा बालाजुको बाइपासबाट नारायण खनाललाई पक्रेको हो। प्रहरीले उनलाई करिब साढे ८ बजे नियन्त्रणमा लिएको थियो।

उनले मकवानपुरबाट सो परिमाणको चरेस बिक्रीका लागि काठमाडौं ल्याएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको वृत्तका डिएसपी सोमेन्द्रसिह राठौरले बताए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell