PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'सरकार कानमा तेल हालेर सुतेको' भन्दै मधेसकेन्द्रित दलले गरे संसद बहिस्कार



पहिलोपोस्ट

'सरकार कानमा तेल हालेर सुतेको' भन्दै मधेसकेन्द्रित दलले गरे संसद बहिस्कार

काठमाडौं : दिनहुँजसो व्यवस्थापिका संसद बैठक बहिस्कार गर्दै आएका मधेसकेन्द्रित दलका नेताहरु आज पनि बैठक बहिस्कार गरेर निस्किएका छन्।
 
शुक्रबारको बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले सरकारप्रति आलोचना गर्दै आफ्नो धारणा राखेका थिए। आफूहरुले निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आए पनि सरकारले अझै नसुनेको भन्दै उनले अब आन्दोलन अर्को चरणमा प्रवेश गर्ने बताए। ‘सरकार कानमा तेल हालेर सुतेको छ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनको पनि सुनुवाइ भएन भने यसले अर्को रुप लिन्छ, त्यस बेला देश कता पुग्ला?’

मधेसीलाई विदेशीसँग जोडेर गरिएको बदनामको दुष्प्रयासलाई काठमाडौँ आन्दोलनले चिरेको यादवले बताए।
 
२६ बुँदे मागसहित मधेसी मोर्चासम्मिलित संघीय गठबन्धन राजधानीकेन्द्रित आन्दोलनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell