PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संगीतकार अम्बर गुरुङको अवस्था गम्भीर, श्वासप्रश्वास बढेपछि भेन्टिलेटरमा राखियो



पहिलोपोस्ट

संगीतकार अम्बर गुरुङको अवस्था गम्भीर, श्वासप्रश्वास बढेपछि भेन्टिलेटरमा राखियो

काठमाडौं : वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

मंगलबार राति काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएका गुरुङको श्वासप्रश्वासमा समस्या आएपछि अहिले भेन्टिलेटरमा राखिएको लेखक प्रकाश सायमीले जानकारी दिए।
 
आन्द्रामा राखिएको स्टेन्ट फुस्किएपछि मंगलबारदेखि उनको स्वास्थ्यमा समस्या बल्झिएको थियो। चिकित्सकहरुका अनुसार गुरुङको खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको छ। भारतको हरियाणास्थित मेदान्त अस्पतालमा रहँदा रेडियो र किमोबाट त्यसलाई कम गराउने काम गरिएको थियो।

ट्युमरका कारण आन्द्रा साँघुरिएर खाना नजाने समस्या भएपछि चिकित्सकले आन्द्रामा स्टेन्ट राखेका थिए। आन्द्रामा हालिएको त्यही स्टेन्ट फुस्किएपछि गुरुङलाई ग्रान्डी अस्पताल भर्ना गरिएको हो।
 
माघदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका गुरुङ चैत १७ गते नेपाल फर्किएका थिए। घरमै आराम गरिरहेको अवस्थामा सोमबार राति उनले वान्तासमेत गरेको परिवारजनले बताएका छन्।

'उहाँको स्वास्थ्यलाभको कामना गर्न बेलुका ५ बजे प्रार्थनासभाको तयारी पनि गरिरहेका छौं,' गुरुङलाई सहयोग गर्दै आएका लेखक सायमीले भने।

शुभेच्छुकहरुको दबाबपछि सरकारले फागुन १८ गते गुरुङको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। सरकारबाट मासिक ३० हजार भत्ता पाउँदै आएका गुरुङ बूढानिलकण्ठमा रहेको भाडाको घरमा बसिरहेका छन्।  

(मेदान्त अस्पतालमा रहँदाको फोटो)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell