PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बजेटमाथिको सैद्धान्तिक छलफल सकियो, ३ बजेपछि अर्थमन्त्रीले जवाफ दिने



पहिलोपोस्ट

बजेटमाथिको सैद्धान्तिक छलफल सकियो, ३ बजेपछि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ :  व्यवस्थापिका–संसदमा जारी बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री विष्णु पौडेलले आजै ३ बजेपछि बस्ने बैठकमा जवाफ दिनेछन्।
 
आजको बैठकमा भाग लिँदै नेपाली कांग्रेसका सांसद दीपक गिरीले सामाजिक सुरक्षाभत्ता वृद्धि गर्नु सकारात्मक पक्ष रहे पनि स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनका लागि बजेट पर्याप्त नभएको धारणा राखे। 
 
एमाले सांसद सुरेन्द्र पाण्डेले आफ्नो स्रोतमा द्रूतमार्ग आफैँ बनाउन रु १० अर्ब बजेट विनियोजन हुनु सकारात्मक पक्ष भएको बताउँदै तराई–मधेसका २० जिल्लामा नयाँ सहर बनाउने कार्यक्रम अन्तर्गत चितवन र दाङलाई पनि समावेश गर्न माग गरे। उनले रु २० करोड विनियोजन गरेर हरेक गाउँमा मोटरबाटो पुर्‍याउने कार्यक्रम अति महत्वाकांक्षी भएको भन्दै टिप्पणी गरेका थिए।
 
नेकपा (माओवादी) केन्द्रका हितराज पाण्डेले राष्ट्रिय पुँजीको स्रोत निर्माण गर्न निजी, सहकारीलाई साथ र विश्वासमा लिन बजेटले ध्यान नदिएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न बजेटले प्राथमिकता नदिएको भन्दै असन्तुष्टि राखे।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले प्रज्ञा प्रतिष्ठान राजनीतिक दलका कार्यकर्ताका भर्ती केन्द्र भएको गुनासो गर्दै अघिल्ला सरकारले जस्तै वर्तमान सरकारले पनि बजेट ल्याएको टिप्पणी गरिन्। 
(स‌ंसदमा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे। फोटो : रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell