
व्यवस्थापिका–संसद, अर्थ समितिको जेठ २१ गतेको बैठकले गरेको निर्णय यस्तो छ -
निर्णय नं. १
दूर संचार प्रदायक कम्पनी एनसेल, नेपालमा दर्ता भएको, नेपालमा लगानी गरेको र नेपालमा नेपालीहरुसँग कारोवार गरी नाफा कमाएको कम्पनी हो। सो कम्पनीले शेयर बिक्री गरी स्वामित्व हस्तान्तरण भएपछि त्यसबाट पूँजी आर्जन गरेको अर्थात् पूँजीगत लाभ प्राप्त गरेकोले तिर्नु पर्ने सम्पूर्ण पूँजीगत लाभ कर नेपाल सरकारलाई भुक्तानी गर्नु पर्ने र उक्त कम्पनीबाट असूल गर्नुपर्ने सम्पूर्ण कर तत्काल असूल गरी अर्थ समितिलाई जानकारी गराउन नेपाल सरकार, अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो।निर्णय नंं २
नेपालमा कम्पनी दर्ता गरी नेपालमा नाफा कमाएपछि र शेयर बिक्री गरी स्वामित्व हस्तान्तरण गरेर पूँजीगत लाभ लिए पछि नेपालमा नै कर तिर्नु पर्छ भन्ने कुरा प्रष्ट छ। एनसेलको हकमा विगतमा विभिन्न कारोवारहरु भएका, पटक पटक स्वामित्व हस्तान्तरण हुँदा कम मूल्य राखी कर दाखिला गरिएको र हालको कारोवार गर्ने पक्षलाई ध्यानमा राखेर कोबाट के कति अनियमितता भएको हो सो सम्बन्धमा सम्बन्धित निकाय मार्फत छानविन गरी दोषीलाई कानूनी कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरियो।निर्णय नं. ३
एनसेलबाट सम्पूर्ण कर असूली गरेसकेपछि मात्र सो कम्पनीको पूँजी बृद्धि लगायतका अन्य थप व्यवसायिक योजना÷प्रस्तावहरु अघि बढाउन उद्योग मन्त्रालय र सूचना तथा संचार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।