PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कोपा अमेरिका खेल्न नपाएपछि जस्टिन विवरसँग फुटबल खेल्दै नेमार



पहिलोपोस्ट

कोपा अमेरिका खेल्न नपाएपछि जस्टिन विवरसँग फुटबल खेल्दै नेमार

नेमार विश्व फुटबलमा चर्चित नाम हो। स्पानिस क्लब बार्सिलोनाका लागि खेल्ने नेमारको ब्राजिलियन टोली यतिखेर कोपा अमेरिका खेल्नको लागि अमेरिका छन्। तर नेमार भने गायक जस्टिन विवरसँग फुटबल खेलेर बसेका छन् भन्दा अचम्म लाग्ला।

सत्य यही हो कि कोपा खेल्ने ब्राजिलियन टीममा नेमार समावेश छैनन् र आगामी अगष्टमा घरेलु भूमिमै हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन्। ब्राजिलले अहिलेसम्म जित्न नसकेको एकमात्र फुटबल प्रतियोगिता पनि ओलम्पिक नै हो र त्यसका लागि ब्राजिल यो पटक नेमारको भरमा छ।
 
कोपा खेल्न नपाए पनि नेमार फुटबलबाट टाढा छैनन्। यसै समयमा नेमारले क्यानडेली गायक विवरसँग गार्डेनमा फुटबल खेलेका हुन्। यतिमात्र होइन खेलको भिडियो विवरले सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत अपलोड गरेका छन्  जुन यो समाचार तयार पार्दासम्म २४ लाखले हेरिसकेका छन्।
 
आखिर कोपा खेल्न नपाएर के भो त ? नेमारलाई जस्टिन विवरले साथ दिएपछि।

 

@neymarjr and I messin around in my backyard

A video posted by Justin Bieber (@justinbieber) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell