PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

नेपाली नागरिकता त्याग्दै भेषबहादुर थापाकी छोरी मञ्जुश्रीले भनिन् : पहिलो पटक समान हैसियत पाएँ



पहिलोपोस्ट

नेपाली नागरिकता त्याग्दै भेषबहादुर थापाकी छोरी मञ्जुश्रीले भनिन् : पहिलो पटक समान हैसियत पाएँ

काठमाडौं : अङ्ग्रेजी साहित्यमा स्थापित नेपाली लेखिका एवम् महिला एक्टिभिस्ट मञ्जुश्री थापाले नेपाली नागरिकता परित्याग गर्ने प्रकृया अगाडि बढाएकी छिन्।

उनले ट्विट गर्दै नेपाली नागरिकता त्यागेर क्यानेडियन नागरिक हुन लागेको जानकारी दिएकी छिन्। नेपाली महिलालाई बिहे गर्ने विदेशी पुरुषले नेपालमा नागरिकता पाउनुपर्ने अभियानमा जुटेकी उनी अन्तत: नेपाली कानुन अनुसार दोहोरो नागरिकता लिन नपाउने भएकाले क्यानेडियन हुन लागेकी हुन्।

उनले क्यानेडियन नागरिकको सपथ समेत लिएको जानकारी गराएकी छिन्। जीवन पहिलो पटक समान हैसियत पाउन सकेको उनले उल्लेख गर्दै नेपाली कानुनप्रति व्यङ्ग्यसमेत गरेकी छिन्।

नेपाली नागरिकता परित्याग गरे पनि उनले साहित्य र जीवन नेपालसँग गहिरो रुपमा जोडी नै रहने बताएकी छिन्। थापा पूर्व मन्त्री तथा परराष्ट्रविद भेषबहादुर थापाकी छोरी हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell