PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

होलीको रङ्गमा 'गाजलु'



पहिलोपोस्ट

होलीको रङ्गमा 'गाजलु'

काठमाडौं: जेठ २८बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु'को नयाँ गीत सार्वजनिक भएको छ।
होलीको रंगीन माहोल गीतको भिडियोको केन्द्रमा रहेको छ।

गीतमा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायत सबै मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ। जैन जेको शब्द संगीत रहेको गीतमा सिवानी मोक्तानले स्वर दिएकी छिन्।

रोहित अधिकारीको निर्माण र हेमराज बिसीको निर्देशनमा बनेको फिल्मको लण्डनमा वर्ल्ड  प्रिमीयर भइसकेको छ।
फिल्ममा पुर्वकुमारीको प्रेम जीवनलाई प्रमुख विषय बनाएको निर्देशक हेमराज बिसीले बताए।

हेर्नुस् गाजलुको नयाँ गीत:
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell