२०२० सालमा तत्कालीन राजा महेन्द्रले रारा तालको कुनामा बसेर मन्त्रमुग्ध भई लेखे, सुन्दरताको भण्डार सारा के खनाया यसै रारामा।
पछि कुन्ति मोक्तानले गाइन्, हुम्ला जुम्ला मोटर चढी कहिले घुम्ने हो, डुङगा चढी रारा ताल कहिले घुम्ने हो।
यो गीतले नै मुगुको विकटतालाई उदाङगो पारेको छ। सडक सञ्जालको अभावले निकै कष्टपछि मात्र रारामा पुग्न सकिन्छ। तर जब कसैले आफ्नो आँखाले रारा देख्छ तब मानिसले सोचेको स्वर्ग त्यही हो कि भन्ने भान हुन्छ।
रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो रारा ताल। राराको यही विशिष्ट सौन्दर्यमा रमाउन कै लागि हजारौँ डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन्। रारा तालको जैविक विविधता अवलोकन गर्न सन् २०१४ मा १ सय ४१ पर्यटक रारा पुगेका थिए। सन् २०१५ मा थप पर्यटक तानेको छ। पर्यटकको सङ्ख्या बढेर १ सय ८१ पुगेको छ।
विदेशी मात्र होइन आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन। अबको केही महिनामा ताल्चा विमानस्थलको निर्माण कार्य पूरा भएपछि थप आन्तरिक र बाह्य पर्यटक भित्रिने रारा निकुञ्जका निमित्त प्रमुख मोहनचन्द्र विश्वकर्माको विश्वास छ। त्यस्तै जुम्ला हुँदै बन्दै गरेको सडक सञ्जालले झनै पर्यटकलाई सजिलो बनाउने छ।
राराको सौन्दर्यमा कुरुप दाग नलागोस् भनेर समितिले प्लाष्टिक, टिनजन्य फोहोरमा नियन्त्रण गरेको छ। एउटा प्लाष्टिक लगेर फोहोर गरेबापत १ सय रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने नियम त्यहाँ लागू गरिएको छ।
इलिट जोशीले केही दिनअघि आफ्नो क्यामेरामा कैद गरेको राराको सौन्दर्य