
स्पेनिस मोटरसाइकल रेसर लुइस सालेमको क्याटालुनिया ग्राँ पी अघिको अभ्यासमा दुर्घटना हुँदा मृत्यु भएको छ।
मोटो टु वर्ल्ड च्याम्पियनसिप अगाडि भएको दोस्रो अभ्यासका क्रममा बार्सिलोना नजिकै रहेको क्याटालुनिया सर्किटमा दुर्घटना भएको थियो। दुर्घटना पछि तत्कालै जेनेरल डे क्याटालुनिया हस्टिल पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो।
मालोर्काका २४ वर्षीय सालोम साग टीमा राइडर थिए।
मोटो स्पोर्ट्सको सर्वोच्च संस्था एफआईएमले उनको मृत्युको पुष्टि गरेको छ। २५ मिनेटको अभ्यास बाँकी रहेको बेला टर्न १२ मा सालोमको दुर्घटना भएको थियो।
सन् २०११ को अक्टोबरमा इटलीका मार्को सिमोनचेली पछि वर्ल्ड च्याम्पियनसिपका क्रममा मृत्यु हुने सालोम पहिलो रेसर हुन्। यसअघि मलेसियन मोटो जिपी सिमोनचेलीको दुर्घटनामा परी मृत्यु भएको थियो।
दुर्घटनाको सिसिटिभी फुटेज