PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

प्रहरी भ्यानसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको डिल्लीबजारस्थित चारखालमोडमा प्रहरी भ्यानसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

गएराति २ बजे पुतलीसडकबाट वान-वे ब्रेक गरी डिल्लीबजारतर्फ जाँदै गरेको बा ४८ प ३८०० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको नेपाल प्रहरीको बा १ झ १४६ नम्बरको भ्यानसँग ठोक्किँदा सो दुर्घटना भएको हो।

घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौं बानेश्वरका-३१ वर्षीय अम्बरजंग खड्का र पछाडि सवार ललितपुर ठूलो दुरुम घर भई हाल बालुवाटार बस्ने-३१ वर्षीय पदमकुमार लामा रहेका छन्।
 
घाइते दुवैलाई उपचारको लागी वीर अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा घाइते दुवैले मादक पदार्थ सेवन गरेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell