PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

९६ वर्षमा स्नातक गरी विश्व कीर्तिमान



पहिलोपोस्ट

९६ वर्षमा स्नातक गरी विश्व कीर्तिमान

टोकियो : ९६ वर्षीय जापानी नागरिक सिगेमी हिराताले सबैभन्दा बढी उमेरमा स्नातक गर्ने व्यक्तिको नयाँ कीर्तिमान राखेका छन्।
 
उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका हुन्। गिनिज वर्ल्ड रेकर्डसले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा उनलाई प्रमाणपत्र प्रदान गरेको जापानी सञ्चारमाध्यमले लेखेका छन्।
 
हिराता सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन्। विश्व रेकर्डपछि खुसी भएका उनका साथीहरुले सोही कलेजमा स्वागत गरेका थिए।
 
योमियुरी समचारपत्रससँग उनले भने ‘मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिनँ तर मलाई आज निकै नै खुसी लागेको छ।’ रेकर्डले आफूलाई निकै ठूलो ऊर्जा दिएको उनको भनाइ छ। सो कोर्स पूरा गर्न उनले ११ वर्ष लगाएका थिए।
 
जागिरबाट सेवानिवृत्त भएपछि उनी सो विश्वविद्यालय भर्ना भएका हुन्। ‘मलाई कम्तीमा पनि सय वर्षसम्म बाँच्ने इच्छा छ,’ उनले भने, ‘केही न केही नाम राखौँ भन्ने सोचचाहिँ, आज यो रेकर्ड राख्दा खुसी छु।’

सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय जीवन बिताउने गर्छन्। रासस/एफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell