PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चाबहिल टू साँखु चल्न थाल्यो डोजर, सडक बढाउन डोजरसँगै प्रहरी

चाबहिल टू साँखु चल्न थाल्यो डोजर, सडक बढाउन डोजरसँगै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मध्यभागबाट दुवैतर्फ ११/११ मिटर कायम गरी सडकको चौडाई २२ मिटर पुर्‍याउन चाबहिलबाट विस्तारको काम सुरु भएको छ। चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा बनाउन यसअघि नै घर नभएका स्थानमा सुरु भइसकेको थियो। पटकपटक सूचना जारी गरेर माइकिङ गर्दा पनि आफै सडक विस्तारमा स्थानीयले सहभागिता नजनाएपछि प्रहरी परिचालनसहित सडक विस्तारको अभियान अघि बढेको हो।
सडक विस्तार पूरा भएपछि चाबहिलदेखि साँखुसम्म फराकिलो बाटोबाट यात्रा सम्भव हुनेछ।

सडक विस्तारमा सबैभन्दा बढी भत्किने क्षेत्र भने चाबहिलबाट जोरपाटी चोकसम्म रहनेछ। यस खण्डमा सडकका दुवैतर्फ ठूला भवनहरु बनेका छन्। जोरपाटी चोकदेखि वाग्मती पुलसम्म भने विस्तारले भत्काउने घरको संख्या न्युन रहेको छ। यो खण्डमा सडक अतिक्रमण कम भएको छ।

विस्तारले दक्षिण ढोका चोक, मुलपानी चोक, थली, डाँछी, ब्रम्हखेल, इन्द्रायणी चोकमा बढी असर पार्छ। अहिले मुलपानीदेखि साँखुसम्म विभिन्न ठाउँमा सडक विस्तारका लागि पर्खाल लगाउने काम भइरहेको छ। घर परेका बाहेकका क्षेत्रमा सडक विस्तार अघि बढेकोमा आजबाट घर भत्काउँदै विस्तारको क्रम अघि बढाउन थालिएको हो। 


ट्रेन्डिङ पोस्ट

Ncell