PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

नेता कृष्ण सिटौला भन्छन्- ‘कांग्रेस सबै दलको संरक्षक’



पहिलोपोस्ट

नेता कृष्ण सिटौला भन्छन्- ‘कांग्रेस सबै दलको संरक्षक’

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन र देश विकासका कांग्रेसको भूमिका महत्वपूर्ण रहने बताएका छन्।
 
नेपाली कांग्रेस काठमाडौं-झापा सम्पर्क मञ्चको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले संविधानसभाबाट प्राप्त उपलब्धिलाई कांग्रेसले मात्र संस्थागत गर्न सक्ने दाबी गरे।

‘कांग्रेस सबै राजनीतिक दलको संरक्षक पनि हो,’ काठमाडौंमा भएको कार्यक्रममा नेता सिटौलाले भने, ‘पार्टीको कुनै पनि निर्णयले राजनीतिमा अवश्य भाइब्रेट गराएकै छ।’

पार्टीको हरेक निर्णयलाई अन्तर्राष्ट्रिय जगतले नियालिरहेको भन्दै उनले देश निर्माणका लागि कांग्रेस कसैसँग सम्झौता नगर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell