PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कङ्गो र इथियोपियाको अनुभव पुस्तकमा



पहिलोपोस्ट

कङ्गो र इथियोपियाको अनुभव पुस्तकमा

काठमाडौं : 'दरबार बाहिरकी महारानी' उपन्यासका लेखक नगेन्द्र न्यौपानेको नयाँ पुस्तक बजारमा आएको छ।
 
भृकुटीमण्डपमा जारी २०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीका अवसरमा आज 'कङ्गो र इथियोपियाको सेरोफेरो'को विमोचन गरिएको हो। उनको सो यात्रा संस्मरणलाई शब्दहार क्रियसन्सले छापेको हो।
 
किताबमा कङ्गो र इथियोपियाको भ्रमण अनुभव, घटना र विचारलाई लेखकले छुट्टाछुट्टै भागमा प्रस्तुत गरेका छन्। यसअघि न्यौपानेको 'यात्राको बंगलादेश' यात्रा संस्मरण पनि प्रकाशनमा आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell