PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

असार पहिलो हप्ता निर्वाचन सक्न कांग्रेसको निर्देशन



पहिलोपोस्ट

असार पहिलो हप्ता निर्वाचन सक्न कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले स्थगित भएका सात जिल्लाको निर्वाचन असार पहिलो सातासम्म गर्न निर्देशन दिएको छ।

शनिबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्म निर्वाचन सक्न निर्देशन दिएको हो।

गएको फागुनमै कांग्रेसको १३औं महाधिवेशन सकिए पनि सात जिल्लाको निर्वाचन रोकिएको थियो। निर्वाचन हुन नसकेका जिल्लाहरुमा सिरहा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर छन्। धनुषाको क्षेत्र नम्बर ५ मा पनि निर्वाचन स्थगित भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell