PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​देउवा भन्छन्- राष्ट्रिय सहमति कायम गर्न कांग्रेसले मात्र सक्छ



पहिलोपोस्ट

बागलुङ : राष्ट्रिय सहमतिको सरकारको चर्चा चलिरहेको बेला नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले मात्र राष्ट्रिय सहमति कायम गराउन सक्ने बताएका छन्। 

हालै एमाले र हालको माओवादी केन्द्रबीच राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्ने सहमति भएको थियो। 

देउवाले संविधान कार्यान्वयनको नेतृत्व पनि नेपाली काँग्रेसले गर्ने बताएका छन्। नेपाल तरुण दल बाग्लुङको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले भने, “हरेक परिवर्तनमा काँग्रेसले अग्रणी भूमिका खेलेको छ, नेपाली काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ, कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले गर्छ ।” 

उनले असन्तुष्ट मधेसी दलहरुसँग संवाद गरेर निकास निकालिने उल्लेख गरे। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell