A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7b79f959d2e1.86237444): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7b79f959d2e1.86237444,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98f2921.32886608): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7b79f98f2921.32886608,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​कोपा अमेरिका : पेरु विजयी, ब्राजिल बराबरीमा रोकियो
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

​कोपा अमेरिका : पेरु विजयी, ब्राजिल बराबरीमा रोकियो



पहिलोपोस्ट

​कोपा अमेरिका : पेरु विजयी, ब्राजिल बराबरीमा रोकियो

कोपा अमेरिका सेन्टानारियो अन्तर्गत आइतबार बिहान भएको खेलमा पेरु विजयी भएको छ। ब्राजिल र इक्वेडर तथा कोस्टारिका र पाराग्वेले बराबरी खेलेका छन्।

क्यालिफोर्नियास्थित रोस बोल स्टेडियममा भएको समुह बी को खेलमा ८ पटकको विजेता ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो।

गोल गर्ने केही राम्रो अवसर प्राप्त गरेपनि ब्राजिलले त्यसलाई सदुपयोग गर्न सकेन। स्टार खेलाडी नेयमार बिना नै प्रतियोगिता खेलिरहेको ब्राजिलमा डानी अल्भस, फिलिपे लुइस, कासेमिरो, विलियन, फिलिपे काउटिन्हो जस्ता युरोपियन लिग खेल्ने खेलाडी भएपनि गोल गर्न सक्ने खेलाडीको अभाव प्रष्टै देखियो।

बराबरीपछि समुह बी मा एक अंक जोडेको ब्राजिल तालिकामा पेरु भन्दा पछाडि परेको छ। दोस्रो चरण प्रवेशका लागि ब्राजिलले अब बाँकी खेलमा नतिजा सुधार्नु पर्ने देखिन्छ।

आइतबारै वासिंगटनमा भएको समुह बी को पहिलो खेलमा पेरुले हाइटीलाई १–० ले पराजित गरेको छ। कोपा अमेरिकामा डेब्यु गरिरहेको हाइटी विरुद्ध कठिन जित हात पार्ने क्रममा पेरुका लागि एक मात्र निर्णायक गोल जोस पाओलो गुरेराले गरेका थिए।

हाइटी विरुद्धको गोलसँगै गुरेरो पेरुका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। सन् २०११ र २०१५ को कोपा अमेरिका गोल्डेट बुट विजेता गुरेराले पेरुका लागि २७ गोल गरिसकेका छन्। उनले २६ गोल गरेका टुओफिलो कुविलासलाई पछि पारेका छन्।

कोपा अमेरिकामा पेरुले गरेको पछिल्ला २० मध्ये ११ गोल गुरेरोको नाममा छ। जितसँगै पेरुले महत्वपूर्ण तीन अंक जोडेको छ भने दोस्रो चरण प्रवेश सम्भावना बलियो बनाएको छ। समुह चरणको अर्को खेलमा पेरुले अब इक्वेडरसँग खेल्ने छ भने ब्राजिललले हाइटीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell