PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कोपा अमेरिका : कोस्टारिका र पाराग्वे बराबरी, अमेरिका पराजित



पहिलोपोस्ट

​कोपा अमेरिका : कोस्टारिका र पाराग्वे बराबरी, अमेरिका पराजित

कोपा अमेरिका अन्तर्गत आइतबार बिहान भएको समुह ए को खेलमा कोस्टारिका र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

दुवै टिमले गोलका केही अवसर प्राप्त गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाए। इन्जुरी समयमा केन्डल वास्टनले रातो कार्डको सामना गरेपछि कोस्टारिका अन्तिम समयमा दश खेलाडीमा सीमित भएको थियो।

बराबरीपछि पनि दुवै टीमको दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायमै छ। यसअघि समुको ए को पहिलो खेलमा कोलम्वियाले अमेरिकालाई पराजित गर्दै ३ अंक जोडेको थियो।

कोलम्बिया समुह ए को शीर्ष स्थानमा छ भने समान १ अंक जोडेको कोस्टारिका र पाराग्वे दोस्रो र तेस्रो स्थानमा छ। अंकविहिन अमेरिका भने अन्तिम स्थानमा छ। अब कोस्टारिकाले अमेरिका तथा पाराग्वेले कोलम्वियाको सामना गर्नेछ।

फोटो : द गार्डियन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell