PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

तीन बुँदे भद्र सहमति भएको थियो कि थिएन? सल्लाहकार भन्छन् प्रमले कागज गर्दिनँ भनेका थिए



पहिलोपोस्ट

तीन बुँदे भद्र सहमति भएको थियो कि थिएन? सल्लाहकार भन्छन् प्रमले कागज गर्दिनँ भनेका थिए

काठमाडौं : एक महिनाअघि नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउँदै विज्ञप्ति नै जारी गरेपछि धर्मराएको सरकार एमालेसँगको ९ बुँदे सहमतिपछि टिकेको थियो।

त्यतिबेला बाहिर देखाइएको ९ बुँदे सहमति बाहेक नीति तथा कार्यक्रम र बजेट पारित भएपछि माओवादी नेतृत्वमा सरकार गठन गर्ने लगायत ३ बुँदे 'भद्र सहमति' भएको गाइँगुँइ थियो।

नीति तथा कार्यक्रम र बजेट पेश भएपछि माओवादीले यो विषय उठायो। तर प्रधानमन्त्रीले त्यस्तो सहमति नै नभएको जिकिर गर्दै आए।

पछि तीन बुँदे भन्दै सादा कागजमा टाइप गरिएको कागज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाशले फेसबुकमार्फत् सार्वजनिक पनि गरे-



नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार फेर्ने ३ बुँदे भद्र सहमति भएको र नभएकोबारे विवाद भइरहेका बेला प्रधामन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यसै दिन प्रधानमन्त्रीले भद्र सहमति अस्वीकार गरेको दावी गरेका छन्।

आइतबार दिउँसो ट्विटरमार्फत उनले ट्विटरमा लेखेका छन् '"भद्र सहमति" र "तीन बुँदे"का कुरा गर्नेले त्यस सॉझ प्रधानमन्त्रीका निम्न भनाईहरू भुल्नु भएको छैन होला। यसपछि ९-बुँदे सहमति भएको हैन र?

रिमालका अनुसार ओलीले त्यस दिन भनेका थिए :

१. "नाति/ पनातिनीहरूको मुख हेरेर जान पाऊँ भन्नेखाले मानिस म हैन, न त यो नीति/कार्यक्रम र बजेट मेरा नाति/नातिनी हुन्।"

२. म कुनै कागज गरेर जागिर थाम्ने खालेमा पर्दिन।क्याविनेट मन्त्रीहरू यतै हुनुहुन्छ, यस्ता कागज गर्नुभन्दा राजिनामा गरिदिन्छु, स्पष्ट भए हुन्छ।

३. "जसजसलाई प्रम हुनु छ हुनुहोस्।" यसपछि ९ बुँदे सहमतिमा हस्ताक्षर गरेको हैन?

यद्यपि एमालेकै नेताले नै भद्र सहमति भएको बताएका छन्। एमाले वरिष्ठ नेता झलनाथ खनालले बिबिसीसँग “सरकारले बजेट पेश गर्ने र त्यो पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो" भनेका थिए। 

तर त्यसको जवाफमा प्रधानमन्त्रीले गएको बिहीबारको एउटा कार्यक्रममा केपी ओलीको काँध नथाकेकोले काँधे फेर्ने कुरा नगर्न भनेका थिए। 

नौ बुँदे सहमति हुँदा प्रधानमन्त्री निवासमै रहेका माओवादी केन्द्रका नेता तथा मन्त्री हरिबोल गजुरेलले पनि बजेटपछि प्रचण्डजीलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा त्यत्रो नेताहरुबीच भएकै हो तर प्रधानमन्त्रीले ‘मप्रति यत्रो अविश्वास?’ भनेर चित्त दुखाएपछि प्रचण्डकै सहमतिमा त्यसमा हस्ताक्षर नगरिएको बिबिसीलाई बताएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell