भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आज भक्तपुरको छालिङमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न पार्टीलाई विभिन्न संज्ञा दिएका छन्।
नेकपा माओवादी केन्द्र
- भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने काँग्रेस र एमालेभन्दा पनि खराब गर्ने,
- एउटा भन्ने अर्को गर्ने छट्टु
प्रधानमन्त्री केपी शर्मा ओली
- उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने
नेपाली कांग्रेस
- पुरानो पार्टी भए पनि भ्रष्टाचारीलाई संरक्षण गर्ने, व्यक्तिगत स्वार्थ मात्र चाहने
- भ्रष्टलाई जेलबाट निस्कने बेलामा १२० किलोको माला पहिराउने र केन्द्रीय सदस्यमा अत्यधिक मतले जिताउने जमात
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे
- फ्रिजमा राखेको आइस जस्तो उहाँको समाजवाद अब नेपालमा काम लाग्दैन