PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

​रहिनन् सुलभा देशपाण्डे, आजै अन्त्येष्टि



पहिलोपोस्ट

​रहिनन् सुलभा देशपाण्डे, आजै अन्त्येष्टि

बलिउडले भेट्रान नाट्यकर्मी तथा अभिनेतृ सुलभा देशपाण्डेलाई गुमाएको छ। लामो समयदेखि रोगले थलिएकी उनको शनिबार साँझ मृत्यु भयो।

देशपाण्डेले अन्तिम सास मुम्बईस्थित आफ्नै निवासमा फेरेकी थिइन्। आज साँझ दादरमा उनको अन्त्येष्टि हुँदैछ।

धेरै मराठी नाटकमा अभिनय गरेकी उनले हिन्दी नाटक तथा बलिउड फिल्महरुमा पनि अभिनय गरेकी छिन्। सन् १९७१ मा मराठी फिल्मबाट पर्दामा देखिन थालेकी उनले १९७४ बाट हिन्दी फिल्ममा अभिनय थालेकी थिइन्। 

पछिल्लो समय उनी टेलिभिजन सिरियलहरुमा पनि देखिएकी थिइन्। 

उनको मृत्युपछि सिंगो बलिउडले शोक प्रकट गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell