PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सेयर बजार ओरालो लाग्दा होटल सोल्टीको भाउ बढेर सर्किट ब्रेकर



पहिलोपोस्ट

सेयर बजार ओरालो लाग्दा होटल सोल्टीको भाउ बढेर सर्किट ब्रेकर

काठमाडौं : समग्र सेयर बजार ओरालो लाग्दा सोल्टी होटलको सेयर मूल्यमा भने बढेर 'सर्किट ब्रेकर' लागेको छ। होटलले गरेको पुँजी बृद्धिको प्रस्ताव सार्वजनिक भएपछि सेयर मूल्य करिब दोहोरो अंकले बढेर कारोबार बन्द भएको हो।
 
होटलको सेयर मूल्य प्रति कित्ता ३५ रुपैयाँले बढेको छ। यो ९.८ प्रतिशतको बृद्धि हो। होटलको सेयर दिनभरिमा ३६ हजार ७७६ कित्ता कारोबार भएको छ।
 
होटलको एक कित्ता सेयरको अंकित मूल्य १० रुपैयाँ हो। आइतबारको बृद्धिसँगै एक कित्ता सेयरको मूल्य ३९२ रुपैयाँ पुगेको छ।
 
सोल्टीमा विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत सेयर लगानी छ। सर्वसाधारणमा  ३८.१७ प्रतिशत लगानी छ।
 
होटलमा यसबाहेक अरु दुई समूहको पनि लगानी छ। सोल्टी इन्टरप्राइजेज प्रलिको ३९.५७ प्रतिशत तथा नेपाल वायुसेवा निगमको १२.२६ प्रतिशत सेयर लगानी छ। होटलले बोनस सेयरबाट पुँजी बृद्धि गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell