
कलेजबाट ग्राजुयट भएपछि राम्रो जागिर पाइहाल्न निक्कै कठिन हुने गर्छ। तर अर्कोतिर राम्रा प्रोफेसनलहरुको विश्वव्यापी माग कायमै छ। सन् २०२० सम्म करिब ४० करोड थप कलेज एजुकेटेड प्रोफेसनलहरु विश्व अर्थतन्त्रले खपत गर्ने प्रक्षेपण दी म्याकिन्सी ग्लोबल इन्स्टिच्युटले गरेको छ।
भर्खरै स्नातक पूरा गरेका धेरै मानिस करिअर विदेशबाट सुरु गर्न चाहन्छन्। धेरैले अमेरिकातिर आँखा लगाउँछन्। तर, यस्ता धेरै मुलुक छन् जहाँ करिअर अमेरिकामा भन्दा राम्रो हुनसक्छ।
बीएभी र युनिभर्सिटी अफ पेनेन्स्लभेनियाको वार्थन स्कुलले गरेको एउटा अध्ययनले करिअर सुरु गर्नका लागि उत्कृष्ट मुलुकको सूची निकालेको छ। श्रम बजार, अर्थतन्त्रको स्थिरता, लगानीमैत्री वातावरण, आम्दानीमा रहेको सन्तुलन, नविनता र प्रगतिशीलतालाई आधार मानेर यो सूची तयार पारिएको हो।
यो सूचीमा चीनले पहिलो स्थान लिएको छ भने उसलाई पछ्याएको छ जर्मनीले। त्यसपछिमात्रै पालो आएको छ अमेरिकाको। हेर्नुस् १५ मुलुकको सूची :
क्र. देश जिडिपी जनसंख्या
१५. फ्रान्स २.८ ट्रिलियन ६६.२ मिलियन१४. अस्ट्रेलिया १.६ ट्रिलियन २३.५ मिलयन
१३. सिंगापुर २९८ बिलियन ५.५ मिलियन
१२. डेनमार्क ३३६ बिलियन ५.६ मिलियन
११. नेदरल्यान्डस् ८५४ बिलियन १६.९ मिलियन
१०. साउदी अरेबिया ७४८ बिलियन ३०.९ मिलियन
०९. रसिया २.१ ट्रिलियन १४३.८ मिलियन
०८. स्वीडेन ५८० बिलियन ९.७ मिलियन
०७. दक्षिण कोरिया १.३ ट्रिलियन ५०.४ मिलियन
०६. जापान ४.९ ट्रिलियन १२७.१ मिलियन
०५. क्यानडा १.८ ट्रिलियन ३५.५ मिलियन
०४. बेलायत २.७ ट्रिलियन ६४.५ मिलियन
०३. अमेरिका १६.८ ट्रिलियन ३१८.९ मिलियन
०२. जर्मनी ३.७ ट्रिलियन ८०.९ मिलियन
१. चीन ९.२ ट्रिलियन १.४ बिलियन
स्रोत : वर्ल्ड इकोनोमिक फोरम