PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सच्याइयो बाबुरामको टिभी विज्ञापन, रेडियोका लागि पाँच विज्ञापन तयार



पहिलोपोस्ट

सच्याइयो बाबुरामको टिभी विज्ञापन, रेडियोका लागि पाँच विज्ञापन तयार

काठमाडौँ : बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीको घोषणा सभाको लागि बनाएको टेलिभिजन विज्ञापन विवादमा आएपछि सच्याएर नयाँ विज्ञापन तयार पारिएको छ।

शुक्रबार सार्वजनिक गरिएको ५१ सेकेन्डको विज्ञापनमा गरिबीको अवस्था लेख्दै एक हजुरआमा रुँदै गरेको फोटो राखिएको थियो। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले यो फोटो आफूले खिचेको दावी गर्दै  फोटो प्रयोग गर्न विज्ञापन बनाउने संस्थाले कुनै आधिकारिक अनुमति नलिएको र गत वैशाख १२ को भूकम्पको तेस्रो दिन काठमाडौँको गोलढुङ्गास्थित भत्किएको घरमा नातिनीको पुरेर मृत्यु भएपछि भावविह्वल अवस्थामा खिचिएको फोटोलाई नेपालको गरिब अवस्था भनेर चिनाइएकोमा आपत्ति जनाएका थिए।

विज्ञापन बनाउने संस्था अवानी एडभरटाइजिङले अब त्यसको ठाउँमा अर्कै फोटो राखेर नयाँ विज्ञापन बनाएको छ।

यस्तो छ नयाँ विज्ञापन 

 

यसैगरी बाबुराम भट्टराईले पाँच वटा रेडियो विज्ञापन पनि बनाएका छन्। यी विज्ञापन देशका विभिन्न एफएम रेडियोबाट बज्नेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell