PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सबैले क्लाउडतिर आँखा लगाउँदा माइक्रोसफ्टले समुन्द्रतिर डुबाउँदैछ डेटा स्टोरेज



पहिलोपोस्ट

सबैले क्लाउडतिर आँखा लगाउँदा माइक्रोसफ्टले समुन्द्रतिर डुबाउँदैछ डेटा स्टोरेज

समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ

कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ।

डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ।

विश्वको आधाजति जनसंख्या समुन्द्री पानीको सतह नजिकै बस्ने भएकाले उनीहरुसँग नजिकिन लागेको डेटा सेन्टरले आर्थिक भार कम पार्ने र स्पिड बढाउन सक्ने बताइएको छ।
 
यसमा थप वातावरणीय फाइदाहरु पनि धेरै छन्। प्राकृतिक करेन्टबाट विद्युत उत्पादन र प्राकृतिक रुपमै कुलिङ समेत गर्न सकिन्छ।

'गहिरो सतहमा रहेको पानीले सहजै कुलिङ गराउन सघाउँछ भने नविकरणीय उर्जा पनि उत्पादन हुन्छ र वातावरण सन्तुलन राख्छ,' परियोजनाको नेतृत्व गरिरहेका नर्म ह्वइटेकरले भने।

प्रविधिको ताप

डेटा सेन्टरलाई चिसो बनाउनु कुनै पनि आइटी कम्पनीका लागि चुनौतीपूर्ण काम हुने गरेको छ। फेसबुक र गुगलजस्ता कम्पनीले आफ्नो डेटा सेन्टरलाई कम तापक्रम हुने मुलुकमा स्थानान्तरण गर्नुको मुल कारण यही हो। यसबाट उनीहरुको लागत समेत घटिरहेको हुन्छ।
 
हरेक १८ महिनामा करिब दोब्बर इलेक्ट्रोनिक डेटा उत्पादन भइरहेको छ विश्वभर। अनलाइनमा धेरैभन्दा धेरै इन्टरनेटमा आधारित प्रडक्टहरु थपिँदैछन् जसले डाटा उत्पादन झन तीब्रतर गतिमा बढाएको छ। यी तथ्याङ्कहरु सबै कही न कही स्टोर हुनुपर्छ। र, त्यस्तो ठाउँ चिसो हुनुपर्छ।
 
त्यसो त समुन्द्र पहिलेदेखि नै डेटाको पूर्वाधार विकासका लागि प्राण नै हो। ९९ प्रतिशतभन्दा धेरै डेटा पानीमुनि रहेका केबुलबाट विश्वव्यापी रुपमा प्रसार हुने गर्छ।

स्याटेलाइटको विकासपछि पनि स्थायित्व र विश्वसनीयताका आधारमा केबुलहरु प्रविधिको पहिलो रोजाई हुने गरेको छ।

माइक्रोसफ्टले ५ वर्षभित्र पानीमुनि डेटा सेन्टरहरु पूर्णरुपमा राखेर काम लिन सक्ने अपेक्षा गरेको छ। त्यसपछि त्यसलाई सतहमा ल्याउने र मर्मत तथा सुधार गर्न सकिने छ।

कम्पनीले कम्तिमा पनि २० वर्षसम्म एउटा युनिटबाट काम लिन सकिने लक्ष्य राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell