PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​यस्तो छ नेपाल भलिबल संघको वार्षिक कार्ययोजना



पहिलोपोस्ट

काठमाडौं : नेपाल भलिबल संघले आगामी वर्षका लागि वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। नयाँ कार्य समिति निर्वाचित भएको २० दिनपछि  संघले आइतबार विभिन्न २३ विधा समावेश कार्यक्रमको वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो।
 
संघको योजना अनुसार आगामी असार ३ गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्दै कार्यक्रमको थालनी गर्नेछ। 
यस्तै साउन १३ गतेको लागि भारतीय महिला टोलीसँग मैत्रीपूर्ण भलिबलको आयोजना गर्ने कार्यक्रम रहेको छ।
भदौमा भलिबल महोत्सव अन्तर्गत तेस्रो राष्ट्रिय एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसीप हुनेछ। कात्तिकमा पाचौं महिला तथा छैटौं राष्ट्रिय पुरुषबीच भलिबल गराउने तालिका छ। कात्तिकमै एभीसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल तथा इन्टरनेसनल रेफ्री क्यान्डिेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिका छ।
 
मङ्सिरमा ३० औं पुरुष तथा २० औं महिला भलिबलको आयोजना गरिने छ। माघमा यु–१५ विद्यालयस्तरीय राष्ट्रिय भलिबल गराउने संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सम्मेलनमा बताएका छन्।
 
चैतमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल प्रतियोगिता आयोजना गरिने छ। वैशाखमा इभीसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबलमा सहभागिता जनाउने कार्य तालिका छ।
 
वैसाखमै वर्ष खेलाडी र प्रशिक्षक एवम् संघ सस्थालाई सम्मान गर्ने संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। सबै कार्यक्रम पूरा गर्न अनुमानित ३ करोड लागत लाग्ने उनले बताए। संघको कार्ययोजनामा क्षेत्र तथा जिल्लाले आयोजना गर्ने प्रतियोगिताहरु भने समावेश गरिएको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell