PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​नयाँ शक्तिका सप्तरी जिल्ला संयोजक पक्राउ



पहिलोपोस्ट

​नयाँ शक्तिका सप्तरी जिल्ला संयोजक पक्राउ

काठमाडौं : नयाँ शक्ति नेपालले आफ्ना सप्तरी जिल्ला संयोजक अरुण साह पक्राउ गरेकोमा विरोध जनाएको छ। सशस्त्र द्न्वद्न्वमा भएको घटनामा दोषी रहेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको भन्दै नयाँ शक्ति नेपालले विरोध जनाएको छ।

सशस्त्र द्वन्द्वको बेला भएको घटनाहरुको छानविनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइ काम थालनी गरिसकेको अवस्थामा राज्यको यस्तो ब्यबहारले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुग्ने उसले दावी गरेको छ।

'विगतको सम्झौता, प्रचलित कानुन तथा राजनैतिक सहमति समेतका आधारमा द्वन्दकालीन मुद्दाहरु फिर्ता गर्ने र द्वन्दकालीन घटनाहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने तथा मेलमिलापको वातावरण तयार गर्ने राज्यको प्रतिवद्धता हो' नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ 'राज्यकै उक्त घोषित प्रतिवद्धता विपरितको उक्त कार्य विल्कुल अमान्य छ। द्वन्दकालीन मुद्दाका आधारमा कसैलाई पनि गिरफ्तार गर्ने वा मुद्दा चलाउने वा कुनै पनि प्रकारका हर्कत गर्ने कार्यले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पनि पुग्दैन र समाजमा दिगो शान्ति पनि कायम हुन सक्दैन।'

नयाँशक्ति नेपालले साहलाई तत्काल रिहा गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell