PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

​विरामी अम्बर गुरुङलाई भारतीय दूतावासले दियो श्रद्धाञ्जली



पहिलोपोस्ट

​विरामी अम्बर गुरुङलाई भारतीय दूतावासले दियो श्रद्धाञ्जली

काठमाडौं  : काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङलाई भारतीय राजदूतावासले श्रद्धाञ्जली दिएको छ।

परिवारका सदस्य र अस्पतालले अझै उपचार भइरहेको बताए पनि काठमाडौंमा रहेको भारतीय राजदूतावासले ट्विटरमार्फत श्रद्धाञ्जली दिएको हो। सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ' भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।'

दूतावासले यो स्टाटस पोस्ट गरेको केहीबेरमा नै डिलिट गरेको छ।

यसअघि सोमबार नै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा अम्बर गुरुङको मृत्यु भएको खबर फैलिएको थियो। तर अम्बर गुरुङका छोरा राजुले आफ्नो बुबाको उपचार भइरहेको पहिलोपोस्टसँग बताएका थिए।

उनले अम्बर गुरुङको अवस्था गम्भीर भए पनि उपचार भइरहेको जानकारी दिए। ग्राण्डी अस्पतालले गुरुङको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell