PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

फिल्ममा गीत गाउने हो ? मरिनाले युट्युबबाट खोज्दैछ गायक-गायिका



पहिलोपोस्ट

फिल्ममा गीत गाउने हो ? मरिनाले युट्युबबाट खोज्दैछ गायक-गायिका

काठमाडौं : संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘मरिना’ मा प्रतिस्पर्धा मार्फत् गायक गायिका चयन हुने भएका छन्। ‘तिमी नै मेरो हर खुसी, तिमी नै मेरो जिन्दगी’ बोलको गीतका लागि नयाँ कलाकारको खोजी गर्न लागिएको हो।

प्रतिस्पर्धा युट्युब मार्फत् गराइने जानकारी दिइएको छ।

उक्त गीतलाई गाएर युट्युबमा अपलोड गरिएको मध्ये उत्कृष्टलाई फिल्मका लागि गीत गाउने अवसर दिने प्रस्तुतकर्ता अर्यालले बताए।

अनुप गिरीको निर्देशनमा बन्न लागेको फिल्ममा आर्यन सिग्देल, गौरव पहाडी, वर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेललगायतको अभिनय रहने छ। केही समयअघिसम्म नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहने भनिएको भए पनि अब उनी फिल्ममा देखिने छैनन्।

चलचित्रको गीतमा अर्जुन पोखरेल, राजन तिमल्सिना र सन्देश सुवेदीको संगीत रहनेछ।

मरिना फिल्म युनिट एक महिनापछि फ्लोरमा जाँदै छ। त्यस्तै फिल्मलाई रतन थापाले निर्माण गर्दैछन्।
हेर्नुस् प्रतिस्पर्धा बारे थप जानकारी सहितको भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell