काठमाडौं : काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोमा भारतीय राजदूतावासले माफी मागेको छ।
गुरुङलाई श्रद्धाञ्जली भन्दै स्टाटस राखेको आधा घण्टापछि भारतीय दूतावासले अर्को ट्विट गर्दै माफी मागेको हो। दूतावासले त्यस आफ्नो अघिल्लो स्टाटसप्रति क्षमा माग्दै सञ्चार माध्यमको समाचारमा भर पर्दा गल्ती हुन गएको बताएको छ। उसले गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
सोमबार बिहान केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा गुरुङको निधन भएको भन्दै समाचार आएपछि परिवारले पनि आपत्ति जनाएका छन्। अम्बर गुरुङका छोरा राजुले आफ्नो बुबाको अवस्था गम्भीर भएपनि अझै उपचार भइरहेको जानकारी दिएका छन्।