PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

​अम्बर गुरुङबारे 'पोजेटिभ न्युज'को प्रतीक्षा, डाक्टरले भने : सबैले प्रार्थना गरौं



फणीन्द्र संगम

​अम्बर गुरुङबारे 'पोजेटिभ न्युज'को प्रतीक्षा, डाक्टरले भने : सबैले प्रार्थना गरौं

काठमाडौं : ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङ जीवित नै रहेको जनाउँदै 'कुरा नबुझी उहाँबारे सूचना प्रवाह हुनु दु:खद' भएको बताएका छन्।

अम्बर गुरुङको पछिल्लो अवस्थाबारे पत्रकारहरुलाई जानकारी दिँदै पाण्डेले भने, 'अहिले पनि उहाँको उपचार भइरहेको छ। अक्सिजन दिएर भेन्टिलेटरमा राखेका छौं।'

पाण्डेका अनुसार उनको ब्लड प्रेसर 'मेन्टेन' गर्न औषधि दिइएको छ। गुरुङको अवस्थालाई डाक्टर पाण्डेले 'मेडिकल साइन्सका लागि चुनौती' भएको जानकारी दिए।

'ग्रान्डी अस्पताल परिवार, हामी चिकित्सक र उहाँका परिवार सबै यस्तो समाचार आउँदा दु:खी छौं,' उनले भने, 'स्थिति नाजुक नै छ केही घन्टा केही भन्न सकिन्न।'

ब्रिफिङको अन्त्यतिर डाक्टर पाण्डेले उनको अवस्था अत्यन्त नाजुक रहेको सुनाए। 'पोजेटिभ न्युज आउने सम्भावना कम छ,' पाण्डेले भने, 'सबैले प्रार्थना गरौं। चमत्कार हुन पनि सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell