PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • कानुन मान्दैनन् पुस्तक प्रकाशक : प्रचारको भुमरीमा लेखक निरीह, पाठक भ्रमित

    कानुन मान्दैनन् पुस्तक प्रकाशक : प्रचारको भुमरीमा लेखक निरीह, पाठक भ्रमित

    काठमाडौं :  राज सरगमको उपन्यास ‘छाउघर’। कुमार नगरकोटीको मुक्त गद्य ‘घाटमान्डु’। शारदा शर्माको उपन्यास ‘कम्प’।   फरक-फरक प्रकाशकले बजारमा ल्याएका यी तीनै पुस्तकले पुस्तकसम्बन्धी कानुनको उल्लंघन गरेका छन्। र, कडाइका साथ कानुन कार्यान्वयन गर्ने हो भने प्रमुख जिल्ला अधिकारीले यी तीन वटै पुस्तकका प्रकाशकलाई जरिवाना गर्न सक्छन्।   २०४८ को छापाखाना तथा प्रकाशन ऐनको परिच्छेद ३ मा किताबसम्बन्धी व्यवस्था छ। दफा…

    विस्तृतमा पढ्नुस्

  • यसरी हाकाहाकी कानुन उल्लङ्घन गरिरहेका छन् पुस्तक प्रकाशक

    काठमाडौं :  राज सरगमको उपन्यास ‘छाउघर’। कुमार नगरकोटीको मुक्त गद्य ‘घाटमान्डु’। शारदा शर्माको उपन्यास ‘कम्प’।   फरक-फरक प्रकाशकले बजारमा ल्याएका यी तीनै पुस्तकले पुस्तकसम्बन्धी कानुनको उल्लंघन गरेका छन्। र, कडाइका साथ कानुन कार्यान्वयन गर्ने हो भने प्रमुख जिल्ला अधिकारीले यी तीन वटै पुस्तकका प्रकाशकलाई जरिवाना गर्न सक्छन्।   २०४८ को छापाखाना तथा प्रकाशन ऐनको परिच्छेद ३ मा रहेको किताबसम्बन्धी व्यवस्था छ।…

    विस्तृतमा पढ्नुस्

  • साझाको दोस्रो इनिङ्स : जोगिएला एक शताब्दीको इतिहास?

    साझाको दोस्रो इनिङ्स : जोगिएला एक शताब्दीको इतिहास?

    काठमाडौं : मंसिर २६ गते कारणवश मन्त्रिपरिषद्को बैठक बस्न नसकेको भए साझा प्रकाशनको सात रोपनी जग्गा लिलाम मात्र हुने थिएन करोडौं ऋणको बोझले धरमराएको संस्था गर्लम्म ढल्ने थियो। प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा यो कल्पनासम्म गर्न चाहँदैनन् । मान्छेका कतिपय सफलता कर्मले निर्धारण गर्छ, कतिपय संयोगले। साझाका लागि भने मंसिर २३ गते संयोग जस्तै बनिदियो। कांग्रेस सभापति शेरबहादुर देउवा…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीले पाउने भए किस्तामा तलब, शर्माको चार वर्ष कार्यकाल थप गर्ने साझाको निर्णय

    कर्मचारीले पाउने भए किस्तामा तलब, शर्माको चार वर्ष कार्यकाल थप गर्ने साझाको निर्णय

    काठमाडौं : साझा प्रकाशन सहकारी संस्था सञ्चालक समितिको बैठकले अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यकाल चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ। शर्माको कार्यकाल यही महिना सकिँदै थियो। आइतबार बसेको बैठकले नेपाल सरकारले निकासा गर्ने ३० करोड रुपैयाँको व्यवस्थापन, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वय, कर्मचारीको तलब सुविधा वितरण, भवन निर्माण लगायतका विषयमा पनि निर्णय गरेको छ। सहकारी विकास…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले युद्ध त्याग्यो, बन्दुक छोडेर दीनानाथ शर्माले कलम समाए

    माओवादीले युद्ध त्याग्यो, बन्दुक छोडेर दीनानाथ शर्माले कलम समाए

    काठमाडौं : आफ्नो निबन्धकृति 'कुलुङ्गाकी आमा' माथिको अन्तरक्रियामा रहेका माओवादी केन्द्रका नेता दीनानाथ शर्मा एकाएक विगतको स्मृतिमा पुगे। र, सम्झिए- उनै कुलुङ्गालाई, जोसँगका बाल्यकालीन उच्छ्वास उनी अझै महसुस गर्न सक्छन्।   कुलुङ्गा अर्थात् उमे कामी। एक दलित पात्र। त्यसो त कुलुङ्गाको नाम उमे हो भन्ने उनलाई धेरैपछि मात्र थाहा थियो। 'सामन्ती समाजमा दलितहरु उसै पनि पिल्सिएका हुन्छन्। सेते, काले, तिखे,…

    विस्तृतमा पढ्नुस्

  • खुट्टा काट्ने नियमको विवाद समाधान गर्न प्रज्ञाले गर्‍यो शब्दकोशै खारेज

    खुट्टा काट्ने नियमको विवाद समाधान गर्न प्रज्ञाले गर्‍यो शब्दकोशै खारेज

    काठमाडौं : भाषा सम्बन्धी देखिएको विवाद समाधानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले अहिले प्रचलित नवौं संस्करणको शब्दकोश खारेज गर्ने निर्णय गरेको छ।  तत्काललाई 'नेपाली बृहत् शब्दकोश'को प्रचलित संस्करण वेबसाइटबाट हटाउने र दसौं संस्करण प्रकाशनअघि २०५८ र २०६७ कै शब्दकोशलाई मान्यता दिइने एकेडेमीले जनाएको छ।  पछिल्लो समय उठेका असन्तुष्टि सम्बोधन गर्न र विवाद समाधानका लागि एकेडेमीले निर्णय लिएको सदस्य सचिव प्राडा जीवेन्द्रदेव…

    विस्तृतमा पढ्नुस्

  • 'अहिले पनि 'द्रौपदी'को वस्त्र उतारेर आनन्द लिने 'दुशासन'हरु यत्रतत्र छन्'

    'अहिले पनि 'द्रौपदी'को वस्त्र उतारेर आनन्द लिने 'दुशासन'हरु यत्रतत्र छन्'

    काठमाडौं : सासूआमाको सातौं दिनको किरिया चल्दै थियो, बुटवलमा।   सामाजिक सञ्जालबाट थाहा पाएर हो या कसैले खबर गर्‍यो, श्रीमान् भाष्करलाई। उनैले खुसुक्क सुनाए नीलमलाई, 'चीरहरण मदन पुरस्कार मनोनयनको उत्कृष्ट सातभित्र परेछ नि।'   आमा गुमाएका भाष्कर एकसरो श्वेतवस्त्रमा थिए। खुसीको यो खबर सुनाउँदा मुस्काउने चेष्टा त गरे तर सकेनन्।   सात दिनदेखिको दु:खको एकसरो वस्त्रमा रहेकी नीलमको अनुहारमा उत्साहको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार लाइसेन्स परीक्षा 'नाटक', एकाधिकारतिर लैजान्छ : किशोर नेपाल

    पत्रकार लाइसेन्स परीक्षा 'नाटक', एकाधिकारतिर लैजान्छ : किशोर नेपाल

    काठमाडौं : पत्रकारको योग्यता तोक्नका लागि प्रेस काउन्सिलले केही दिनअघि ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ सार्वजनिक गर्‍यो। पत्रकार हुनका लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदन आएलगत्तै सञ्चार जगतमा विभिन्न बहस र प्रश्नहरु उठिरहेका छन्। मिडिया हाउसले परीक्षा लिने कि काउन्सिलले? परीक्षा उत्तीर्ण नगरे सो पत्रकारको जागिर चैट हुने कि नहुने? पत्रकारिता नै पढेर आएकाहरुले परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ अम्बर गुरुङले बाँचुन्जेल सार्वजनिक गर्न नचाहेको गीत, सुन्नुस् अडियो

    यस्तो छ अम्बर गुरुङले बाँचुन्जेल सार्वजनिक गर्न नचाहेको गीत, सुन्नुस् अडियो

    काठमाडौं : भनिन्छ– सर्जकहरुको भौतिक शरीर पो मरेर जान्छ, उनीहरुको सिर्जना अजर-अमर भइराख्छ। अनन्तसम्म बाँचिरहन्छन् उनीहरु, सिर्जनामार्फत्l सर्जकको अन्त्यपछि जब उसको सिर्जना रहस्य बनेर सार्वजनिक हुन थाल्छ, त्यो सुखद आश्चर्य हुने रहेछ।  अम्बर गुरुङले कुनै बेला भनेका थिए, ‘म मरेपछि मात्र यो गीत सार्वजनिक गर्नू।’ यिनै संगीतका पर्याय अस्ताएको हप्तादिन नबित्दै त्यही गीत सार्वजनिक भयो, जुन उनले बाँचुन्जेल कहिल्यै पनि…

    विस्तृतमा पढ्नुस्

  • संगीतज्ञ अम्बर गुरुङको पार्थिव शरीर एकेडेमीमा, तीन बजेपछि शवयात्रा

    संगीतज्ञ अम्बर गुरुङको पार्थिव शरीर एकेडेमीमा, तीन बजेपछि शवयात्रा

    काठमाडौँ : अन्तिम दर्शनका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएका संगीतज्ञ अम्बर गुरुङलाई दिउँसो ३ बजे पशुपति आर्यघाट लगिने भएको छ।   गएराति २ बजेर ३७ मिनेटमा काठमाडौंको ग्रान्डी अस्पतालनमा निधन भएका अम्बरको पार्थिव शरीरलाई बिहान १०:५१ मा त्यहाँबाट हिँडाइएको थियो। ११:२० प्रतिष्ठान ल्याएपछि उनलाई अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ। गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका…

    विस्तृतमा पढ्नुस्

  • ‘पहिलेकै अम्बर ब्युँतिएर आइदिए हुन्थ्यो’

    ‘पहिलेकै अम्बर ब्युँतिएर आइदिए हुन्थ्यो’

    काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी) को डबलीमा राखिएपछि अन्तिम संस्कारका लागि वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको छ। उनलाई श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका स्रष्टा, गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च अधिकारीका साथै शुभचिन्तकको भिड लागेको थियो।   अन्तिम श्रद्धाञ्जलीका लागि आइपुगेका केही व्यक्तिसँग संगीतकार अम्बर गुरुङका बारेका छोटो कुराकानी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ​अम्बर गुरुङबारे 'पोजेटिभ न्युज'को प्रतीक्षा, डाक्टरले भने : सबैले प्रार्थना गरौं

    ​अम्बर गुरुङबारे 'पोजेटिभ न्युज'को प्रतीक्षा, डाक्टरले भने : सबैले प्रार्थना गरौं

    काठमाडौं : ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङ जीवित नै रहेको जनाउँदै 'कुरा नबुझी उहाँबारे सूचना प्रवाह हुनु दु:खद' भएको बताएका छन्। अम्बर गुरुङको पछिल्लो अवस्थाबारे पत्रकारहरुलाई जानकारी दिँदै पाण्डेले भने, 'अहिले पनि उहाँको उपचार भइरहेको छ। अक्सिजन दिएर भेन्टिलेटरमा राखेका छौं।' पाण्डेका अनुसार उनको ब्लड प्रेसर 'मेन्टेन' गर्न औषधि दिइएको छ। गुरुङको अवस्थालाई डाक्टर पाण्डेले…

    विस्तृतमा पढ्नुस्

  • ‘गलत समाचार’को पीडा : अम्बर गुरुङका छोरा सोध्छन्- ‘पारिवारिक स्रोत भनेको को हो?’

    ‘गलत समाचार’को पीडा : अम्बर गुरुङका छोरा सोध्छन्- ‘पारिवारिक स्रोत भनेको को हो?’

    काठमाडौं : बिहान १० नबज्दै केही मिडियामा दु:खद खबर फैलियो- संगीतकार अम्बर गुरुङको निधन।   तिनै समाचारको भर परेर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले पनि गुरुङलाई श्रद्धाञ्जली दिन थालिहाले।   काठमाडौंको धापासीस्थति ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार गुरुङको अवस्था के हो त? हामीले अस्पताल स्रोत, उनका आफन्त र सहयोगीहरुलाई निरन्तर सम्पर्क गरिरह्यौं तर पुष्टि हुन सकेन। उनीहरुबाट जवाफ आयो,…

    विस्तृतमा पढ्नुस्

  • 'महिलालाई बेवास्ता गरिएको' भन्दै आयोजकमाथि लेखकहरुको आक्रोश, रोकियो साहित्यिक बहस

    'महिलालाई बेवास्ता गरिएको' भन्दै आयोजकमाथि लेखकहरुको आक्रोश, रोकियो साहित्यिक बहस

    काठमाडौं : 'अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी अरे! साहित्य र राजनीति सेसनमा एउटा पनि महिला वक्ता छैन! महिलालाई पुस्तक क्रेताको रुपमा त स्विकार गर्छन् होला। खै महिला साहित्यकारहरुलाई कस्तो लाग्यो तर मलाई कार्यक्रम तालिका हेर्दा आयोजकहरुको मानसिकता हेर्दा लाज लाग्यो!'   लेखक अर्चना थापाले बिहान फेसबुकमा पोस्ट गरेको स्टाटसले एकै छिनमा ठूलो तरंग ल्यायो। त्यो तरंग केवल भर्चुअल दुनियाँमा मात्रै सीमित रहेन, भृकुटीमण्डपसम्म…

    विस्तृतमा पढ्नुस्

  • ‘एक्लो नायक’पछि ‘प्रतिनायक’ पुस्तक निकालेका हरि अधिकारी भन्छन्- अब ‘खलनायक’!

    ‘एक्लो नायक’पछि ‘प्रतिनायक’ पुस्तक निकालेका हरि अधिकारी भन्छन्- अब ‘खलनायक’!

    काठमाडौं : ‘खरा समीक्षक’का रुपमा चिनिएका हरि अधिकारीले दुई महिनाअघि उपन्यास निकाले- एक्लो नायक। कैयौं कृति पर्गेलेर निर्मम समीक्षा लेख्दै आएका अधिकारीको उपन्यासमा धेरैको चासो थियो- निरन्तर चर्चामा आएका समीक्षककै पुस्तकचाहिँ कस्तो होला!   तर प्रकाशनको हप्तादिन नबित्दै भाइ पुस्ताका समीक्षकले नै दपेट्न थालेपछि उनको समीक्षक व्यक्तित्वमाथि नै प्रश्न उठ्यो। नेपाली कांग्रेसका नेता अझ ‘सन्त नेता’का रुपमा चिनिएका कृष्णप्रसाद भट्टराईको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपथको वकालत गर्ने खगेन्द्र संग्रौला अब 'अन्तरेपथ'मा!

    प्रचण्डपथको वकालत गर्ने खगेन्द्र संग्रौला अब 'अन्तरेपथ'मा!

    काठमाडौं : आफू नरम बोल्छन्, कडा लेख्छन्। पत्रपत्रिकामा पढिने उनको लेख र प्रत्यक्ष भेटिने उनको लबजको अन्तर निकै छ। माओवादी ‘निकट’ रहेको आरोप लगाउनेहरु त्यति बेला छक्क पर्छन्, जब उनी माओवादीलाई ‘पिँधविनाको लोटा’भनेर हाकाहाकी लेखिदिन्छन्।   आफूमाथि प्रहार हुने टिकाटिप्पणीलाई फिस्स हाँसेरै पचाइदिने र विवादमा आइरहने लेखक हुन्- खगेन्द्र संग्रौला। उनै लेखक 'उत्तरआधुनिक अन्तरेपथ'मा आइपुगेका छन्। यो निबन्धकृतिमा उनले अल्छ्याइँ,…

    विस्तृतमा पढ्नुस्

  • ​सिडिओले बन्दुक तेर्स्याउँदै भन्यो, ‘तँलाई मार्छु’ : खगेन्द्र संग्रौलाको जीवनका चार प्रमुख मोड

    ​सिडिओले बन्दुक तेर्स्याउँदै भन्यो, ‘तँलाई मार्छु’ : खगेन्द्र संग्रौलाको जीवनका चार प्रमुख मोड

    काठमाडौं : लेखक खगेन्द्र संग्रौलाले पुस्तकको नाम ‘उत्तरआधुनिक अन्तरेपथ’ राख्छु भनेर सोचेकै थिएनन्। बरु एउटा लेखको शीर्षकचाहिँ यही नै थियो, केही समयअघि एक दैनिकमा छापिएको। ‘प्रतिक्रान्ति’ राखूँ कि भन्ने लागेको थियो सुरुमा। ‘समय ओरालो लागेको बेला’ राख्दा पो होला कि भन्ठानेँ, त्यो पनि चित्त बुझेन,’ पुस्तक विमोचनका बेला उनले खुलासा गरेका थिए, ‘अल्छेहरुको सबभन्दा सजिलो उपाय– किताबभित्रको कुनै शीर्षक झिक्यो…

    विस्तृतमा पढ्नुस्

  • 'म थिएँ र पो भूकम्पबाट आमालाई जोगाएँ, क्यान्सरबाट मलाई कसले बचाउला?'

    'म थिएँ र पो भूकम्पबाट आमालाई जोगाएँ, क्यान्सरबाट मलाई कसले बचाउला?'

    फणीन्द्र संगम/पहिलोपोस्ट- धादिङ : कल्लेरी-७ धादिङका कृष्णमान शाक्य बाँडा आफूलाई 'डबल भाग्यमानी' ठान्छन्, किनकि उनीसँग दुइटी आमा छन्। भूकम्पपछि उनको भाग्य झन् थपिएको छ, जब उनले ठूलो दुर्घटनाबाट आफू बचेर पनि आमाहरुलाई सकुशल बचाउन सके। त्यो दिन अर्थात् वैशाख १२। आफ्नै कामका व्यस्त थिए उनी। अचानक चटटटट... गडडडड गर्दै जमिन थर्किन थाल्यो। हेर्दाहर्दै घर त धुलोको ठूलो मुस्लोमा पुरियो। केही…

    विस्तृतमा पढ्नुस्

  • लेखकका सबै कुरा एकनासले प्रिय नहुन सक्छन् : नयनराज पाण्डे

    लेखकका सबै कुरा एकनासले प्रिय नहुन सक्छन् : नयनराज पाण्डे

    आख्यानकार नयनराज पाण्डेको उपन्यास 'सल्लीपिर' शनिबार सार्वजनिक भयो। मूलत: तराई-मधेसको भावभूमिमा आख्यान सिर्जना गर्दै आएका पाण्डेको यो उपन्यासले भने हिमाल र त्यहाँका शेर्पा समुदायको कथा बोलेको छ। 'उलार', 'लू' जस्ता चर्चित उपन्यासका लेखक पाण्डेसँग नयाँ उपन्यास लेखन सन्दर्भमा पहिलोपोस्टका स्वेच्छा राउतले गरेको छोटो कुराकानी: मधेसमै हुर्किनुभयो र लामो समयदेखि तराई-मधेसकै भूगोलमा रहेर कथा लेख्दै आइरहनुभएको छ। हिमाल र शेर्पा समुदायको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell