PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

कर्मचारीले पाउने भए किस्तामा तलब, शर्माको चार वर्ष कार्यकाल थप गर्ने साझाको निर्णय



फणीन्द्र संगम

कर्मचारीले पाउने भए किस्तामा तलब, शर्माको चार वर्ष कार्यकाल थप गर्ने साझाको निर्णय

काठमाडौं : साझा प्रकाशन सहकारी संस्था सञ्चालक समितिको बैठकले अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यकाल चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ। शर्माको कार्यकाल यही महिना सकिँदै थियो।

आइतबार बसेको बैठकले नेपाल सरकारले निकासा गर्ने ३० करोड रुपैयाँको व्यवस्थापन, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वय, कर्मचारीको तलब सुविधा वितरण, भवन निर्माण लगायतका विषयमा पनि निर्णय गरेको छ। सहकारी विकास बैंक र सिटिजन बैंक लगायतका संस्थाको ऋण तिर्दै कर्मचारीहरुलाई किस्तामा तलब वितरण गर्ने बैठकले निर्णय गरेको महाप्रबन्धक शर्माले बताए। उक्त बैठकले जनक शिक्षालाई तत्काल १० करोड रुपैयाँ तिर्ने पनि निर्णय गरेको छ।

गत साउन १ गतेदेखि २२ जना अधिकृत स्तरका कर्मचारीले अवकाश लिएपछि हाल संस्थामा १७३ जना कर्मचारी छन्। २० वर्ष सेवा पूरा गरेका ७४ जना अहिले स्वेच्छिक अवकाशको प्रक्रियामा छन्।

झन्डै ४० करोण ऋणमा रहेको साझा प्रकाशनलाई मन्त्रिपरिषद्को गत मंसिर २६ गतेको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell