PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एनजिओले ८ हजार भूकम्पपीडितको घर बनाउने, रेडक्रस एक्लैले ६ हजार



पहिलोपोस्ट

 एनजिओले ८ हजार भूकम्पपीडितको घर बनाउने, रेडक्रस एक्लैले ६ हजार

काठमाडौं : भूकम्पबाट क्षति भएका ८ हजार १ सय निजी आवास पुनर्निर्माणका लागि गैरसरकारी संस्थाहरुसँग सम्झौता भएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भूसाल, सहरी विकास मन्त्रालय (केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उप–प्रमुख परिक्षित कडरिया र पाँच वटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो। 

सम्झौता अनुुसार नेपाल रेडक्रस सोसाइटीले ६ हजार, हेल्भेटास नेपालले १ हजार वटा, समारिटन्स पर्सले ५ सय वटा निजी आवास पुनर्निर्माण गर्नेछन्। यस्तै ह्याविट्याट फर हुम्यानिटीले ३ सय ५० वटा र इडब्लुडिइ डिकेएचले २ सय ५० वटा निजी आवास पुनर्निर्माण गर्नेछन्। 

आवास निर्माणका लागि घरधनीहरुको नामावाली सहितको सूची र क्षेत्र तोकी प्राधिकरणले एनजिओहरुलाई उपलब्ध गराउने जनाएको छ।
 
सम्झौता अनुसार प्रत्येक निजी आवास निर्माणका लागि विभिन्न संघसंस्थाले स्वयं घरधनीले घर बनाउने गरी बैंक खातामार्फत प्राधिकरणले जारी गरेको अनुदान वितरण कार्यविधि, २०७२ बमोजिम निर्माण कार्य अघि बढाउने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell