काठमाडौँ : नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार निधन भएको छ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका पब्लिक रिलेसन म्यानेजर विनोद अधिकारीले सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको राति दुई बजेर ३७ मिनेटमा निधन भएको पुष्टि गरे।
लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए।
गुरुङका पत्नी तीन छोरा र एक छोरी छन्। कान्छा छोरा अमेरिकाबाट सोमबार मात्रै फर्किएका थिए।
(यसमा प्रयोग गरिएको फोटो मेदान्तमा उपचाररत रहेको बेला खिचिएको फाइल फोटो हो।)