PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कोपा अमेरिका : मेसी बिना नै अर्जेन्टिनाले हरायो चिलीलाई



पहिलोपोस्ट

​कोपा अमेरिका : मेसी बिना नै अर्जेन्टिनाले हरायो चिलीलाई

एन्जल डि मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि लियोनल मेसी बिना नै अर्जेन्टिनाले चिलीलाई हराउँदै कोपा अमेरिका सेन्टेनारियोमा विजयी सुरुवात गरेको छ।

समुह डी अन्तर्गत मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो।

क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल भएको थियो। ५१ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ५९ औं मिनेटमा डि मारियाकै पासमा एभर बनेगाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। 

अर्जेन्टिना २–० को जिततर्फ अग्रसर भइरहँदा इन्जुरी समयको अन्त्यतिर चिलीले एक गोल फर्कायो। चिलीका लागि जोसे पेड्रो फुन्जालिडाले सान्त्वना गोल गरे। पूर्ण रुपमा फिट नभएका मेसीले चिली विरुद्धको खेल बेन्चमै बसेर हेरेका थिए। जितसँगै अर्जेन्टिना समुह डी को शीर्ष स्थानमा छ।

यस्तै मंगलबार सबेरै भएको खेलमा पानामाले बोलिभियालाई हराउँदै महत्वपुर्ण ३ अंक जोडेको छ। पहिलो पटक कोपा अमेरिकामा सहभागिता जनाएको पानामाले बोलिभयालाई २–१ ले हराएको हो। पानामालाई जित दिलाउन दुवै गोल ब्लास पेरेजले गरे। बोलिभियाका लागि जुवान कार्लोस एर्केले सान्त्वना गोल गरे।

जितसँगै अर्जेन्टिना समान ३ अंक जोडेको पानामा दोस्रो स्थानमा छ भने अंक विहिन कोलिभिया र चिली क्रमश तेस्रो र चौथो स्थानमा छ।समुह डी को अब हुने खेलमा अर्जेन्टिना र पानामा तथा चिली र बोलिभियाबिच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell