
काठमाडौं : कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनको मिति आज तय हुने भएको छ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आज बस्ने नेविसंघको केन्द्रीय समितिको बैठकले मिति र समय तय गर्न लागेको हो।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले असार मसान्त भित्रै अधिवेशन गर्न मिति र स्थानको बैठकमा प्रस्ताव गर्नेछन्।
काठमाडौं, पोखरा, चितवन र विराटनगर मध्ये कुनै एक ठाउँमा अधिवेशन गर्ने तयारी नेविसंघको छ। साथै केन्द्रीय समितिको संख्या र के कति पदाधिकारी रहने भन्ने टुङ्गो समेत बैठकले लगाउने छ। बैठकले महाधिवेशन आयोजक समिति लगायतका विषय समेत टुङ्गो लगाउनेछ।