PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​मुहम्मद अलीको अन्त्येष्टिमा विश्व नेताहरु सहभागी हुने



पहिलोपोस्ट

​मुहम्मद अलीको अन्त्येष्टिमा विश्व नेताहरु सहभागी हुने

गत शुक्रबार निधन भएका विश्व बक्सिङका लेजेण्ड मुहम्मद अलीको अन्त्येष्टिमा विश्वका विभिन्न नेता तथा उच्च स्तरका व्यक्तिहरु सहभागी हुने भएका छन्।

टर्कीका राष्ट्रपति रेसेप टायिप इर्डोगान र जोर्डनका राज अब्दुल्लाह अलीको अन्त्येष्टि कार्यक्रममा आफ्नो भनाई राख्ने पारिवारिक प्रवक्ताले जनाएको बिबिसीले उल्लेख गरेको छ।

यस्तै पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन र अभिनेता बिल्ली क्रिस्टलले पनि आफ्नो भनाई राख्नेछन्। अलीको होमटाउन केन्चुकीस्थित लुइसभिल्लेमा हुने उक्त कार्यक्रममा हजारौंको उपस्थिति रहने जनाइएको छ। स्पोर्टस एरेना सेन्टरमा हुन गइरहेको कार्यक्रम सर्वसाधारण सबैको लागि खुल्ला गरिने छ।

यसअघि बिहीबार मुस्लिम परम्परा अनुसार फ्रिडम हलमा अन्त्येष्टि गरिनेछ। ३ पटकको विश्व च्याम्पियन अलीको पार्किन्सनका कारण गत शुक्रबार अमेरिकाको अरिजोनास्थित एक हस्पिटलमा ७४ वर्षको उमेरमा निधन भएको थियो।

अन्त्येष्टि कार्यक्रममा विभिन्न समुदायका धार्मिक व्यक्तित्व, अलीकी श्रीमती लोनी, छोरी मार्युम, खेल पत्रकार ब्रायन्ट गम्बुलले पनि बोल्ने बिबिसीमा उल्लेख छ। अलीको अन्त्येष्टी कार्यक्रम इन्टरनेटबाट प्रत्यक्ष रुपमा देखाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell