PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​अम्बर गुरुङको जीवनका १० तथ्य



पहिलोपोस्ट

​अम्बर गुरुङको जीवनका १० तथ्य

१)    अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा दार्जिलिङको लालढिकीमा भएको थियो। पुर्ख्यौली घर भने गोरखा जिल्लाको रिसिङ हो। उनका बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङ हुन्। 

२) उनका तीन छोरा किशोर, राजु तथा शरदमणि र एक मात्र छोरी अलका छन्। 

३) संगीतज्ञ गुरुङको औपचारिक अध्ययन भने आईएसम्म हो। 

४) उनको गायन तथा संगीत सुरुवात वि.सं. २०१६ मा भएको हो। त्यो साल माघमा कलकत्ताबाट दुई गीत ‘म अम्बर हुँ' र 'सम्हालेर राख'बाट उनले गीतिलेखन सुरु गरेका थिए। 

५) उनको संगीतको पहिलो गीत रेकर्ड भएको सन् १९६१ मा हो। कोलकातामा रेकर्ड भएको 'नौ लाख तारा उदाए' गीतलाई भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्ध लगाइएको थियो। 

६) राजा महेन्द्रले त्यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। २०२६ सालमा दोस्रोपटक नेपाल आएका बेला राजा महेन्द्रले एकेडेमीमा बस्न प्रस्ताव गरेपछि उनी नेपाल आएर बसेका थिए। 

७) वि.सं. २०२६मा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। संगीत प्रमुख, संगीत संयोजक र संगीत निर्देशक भएर वि.सं. २०५४ मा उनले अवकाश पाए। 

८) उनी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति हुन्। 

९) उनले कम्पोज गरेका करिब हजार गीत मध्ये ६/७ सय वटा गीतमा उनकै स्वर  र शब्द पनि उनकै छ। उनले नेपालको राष्ट्रिय गानमा संगीत दिएका छन्। 

१०) ​ पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाई ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकार उनी हुन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell