PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

भावविह्वल बिना : ६२ वर्षअघि अन्तरजातीय 'लभ म्यारिज' गरेका थिए जोडीले

भावविह्वल बिना : ६२ वर्षअघि अन्तरजातीय 'लभ म्यारिज' गरेका थिए जोडीले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : ६२ वर्षसम्म साथ दिएका जीवनसाथीले एकाएक छाडेर गएपछि बिना गुरुङलाई सम्हाल्नै मुस्किल थियो। त्यसो त उनी पनि प्यारालाइसिसबाट केही समयअघिदेखि नै थलिएकी थिइन्।

२०११ सालमा आफू जन्मिएको ठाउँ दार्जिलिङमै अमरले भेट्टाएका थिए आफ्नो प्रेम। पछि यो जोडीले लभ म्यारिज गर्‍यो। त्यो समयमा पनि अन्तरजातीय विवाहको आँट गरेर उनीहरुले जोखिम मोलेका थिए।  

अन्तिम दर्शनका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएका गुरुङलाई श्रद्धाञ्जली दिन बिना पनि पुगेकी थिइन्। त्यसो त उनी निरन्तर अस्पतालमै रहेर अम्बरको साथमा थिइन् यसअघि।
 
श्रद्धाञ्जलीमा लागि धेरै क्षेत्रका विशिष्ट व्यक्ति पुगे पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सुर्खेतको कार्यक्रममा व्यस्त भएकाले त्यहाँ पुगेनन्।
  
गएराति २ बजेर ३७ मिनेटमा काठमाडौंको ग्रान्डी अस्पतालनमा निधन भएका अम्बरको पार्थिव शरीरलाई बिहान १०:५१ मा त्यहाँबाट हिँडाइएको थियो। ११:२० प्रतिष्ठान ल्याएपछि उनलाई ३ बजेसम्म श्रद्धाञ्जलीका लागि राखियो। गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च अधिकारी लगायत शुभेच्छुकहरुले श्रद्धाञ्जली दिए। 
 
श्रद्धाञ्जलीको कार्यक्रमपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइने अम्बरका सहयोगी रतन चन्दले जानकारी दिए। उनका अनुसार हिन्दु र बौद्ध दुवै विधिअनुसार अन्तिम संस्कार हुनेछ।
  
दिवंगत अम्बरका पत्नी, तीन छोरा र एक छोरी छन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell