
काठमाडौं : शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपअघिको फाइनल वार्मअप खेलमा साबिक विजेता स्पेन पराजित भएको छ।
घरेलु मैदान मड्रिडमै भएको खेलमा स्पेनलाई जर्जियाले १–० ले स्तब्ध बनाएको हो। खेलको ३९ औं मिनेटमा टोर्निक ओक्रिएसभिलीले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए।
लगातार तेस्रो पटक युरो उपाधि जित्ने तयारीमा रहेको भिसेन्ट डेल बोस्कको टोली कमजोर बरियता रहेको टोलीसँग हारेको यो पहिलो पटक हो।
विश्व वरियतामा स्पेन छैटौं स्थानमा छ भने जर्जिया १३७ औं स्थानमा छ। यता स्पेनविरुद्धको जित जर्जियाको फुटबल इतिहासमा सबैभन्दा चर्चित जित हो।