PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

वर्षाले बनेपामा दुई करोडको क्षति



पहिलोपोस्ट

बनेपा : जेठ १८ गते आएको वर्षा र बाढीका कारण बनेपामा करिब २ करोडभन्दा बढीको क्षति भएको कृषि सेवा केन्द्र बनेपाले जनाएको छ।
 
धान, मकै र तरकारी बालीमा वर्षाले ठूलो क्षति पुर्‍याएको हो। बनेपा नगरपालिकाको २ हजार १५० रोपनी क्षेत्रफलको मकै, धान, मूला, काउली, बन्दागोभी, रायो, साग लगायतमा क्षति पुगेको सेवा केन्द्रले जनाएको छ।
 
यस्तै उग्रचण्डी गाविसको एक हजार २७५ रोपनी क्षेत्रफलको धान, मकै, तरकारी बालीमा समेत क्षति पुगेको कृषि सेवा केन्द्रका प्रमुख सूर्यदेव यादवले जानकारी दिए।

कतिपय ठाउँमा बाली पुरिएको छ भने कतैकतै बाढीले जमिन कटान गरेको छ।
 
बनेपाको तरकारी बजारमा बिक्रीका लागि राखिएका करेला, रामतोरिया, खुर्सानी, काउली, बन्दागोभी, बोडी, घिउसिमी, मूला, सागपात, फर्सी लगायतका तरकारी पनि बाढीले बगाएको थियो।
 
स्थानीय तेज नेपाली परियारका अनुसार बाढीले सूर्य, चण्डी र सगर ग्यास उद्योगका सिलिन्डर समेत बगाएको थियो। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell