PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

स्कुटरको ठक्करबाट भारतीय नागरिक गम्भीर घाइते



पहिलोपोस्ट

काठमाडौं : ललितपुरको महालक्ष्मीस्थानमा आज बिहान स्कुटरको ठक्करबाट एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्।
 
बिहान १० बजे बा ५५ प ३७५४ नम्बरको स्कुटरले ठक्कर दिँदा साइकलयात्री ३५ वर्षीय मोहम्महद नहिद मोदिन गम्भीर घाइते भएका हुन्। भारत घर भएका उनी हाल ललितपुरको गावाहल बस्दै आएका छन्।

उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न स्कुटर र चालकलाई महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell