PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

४० वर्षपछि रिमेकमा ‘यो माया तिम्रै हो’, यस्तो छ भिडियो-



पहिलोपोस्ट

४० वर्षपछि रिमेकमा ‘यो माया तिम्रै हो’, यस्तो छ भिडियो-

काठमाडौं : गायक लोकबहादुर क्षेत्रीले ४० वर्षअघि गाएको ‘यो माया तिम्रै हो’ बोलको गीतलाई रिमेकमार्फत कमलमान सिंहले बजारमा ल्याएका छन्।

लोकभाकामा गाइएको यो गीत अहिले बजारमा आइरहेका अन्य गीतको तुलनामा पृथक् भएकी गायकको दाबी छ। ७ दर्जनभन्दा बढी गीत गाइसकेका कमलमानले रिमेकसँगै यसको म्युजिक भिडियो पनि ल्याएका छन्। माधव त्रिपाठी र सम्पदा बनियाँले मोडलिङ गरेको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका छन्।

‘स्वर्गीय गायक क्षेत्रीलाई पुनर्जीवन दिनकै लागि मैले रिमेक गरेको हुँ,’ दुई दशकदेखि सांगीतिक दुनियाँमा लागेका गायक कमलमानले भने।

हेर्नुस्, यस्तो छ भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell