PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

युरोकपको सर्वकालीन उत्कृष्ट टीम सार्वजनिक, को-को खेलाडी परे?



पहिलोपोस्ट

युरोकपको सर्वकालीन उत्कृष्ट टीम सार्वजनिक, को-को खेलाडी परे?

१५ औं संस्करणको युरो कप सुरु हुनु अघि फ्यानको भोटिङको आधारमा युरोकप खेल्ने अहिलेसम्म सर्वकालीन उत्कृष्ट टीम सार्वजनिक गरिएको छ। युरो २०१६ डट कम र एटयुइएफएयुरोमा ३५ लाखले गरेको भोटिङको आधारमा फ्रान्सको पेरिस सिटी हलमा उत्कृष्ट खेलाडीको सुचि सार्वजनिक गरिएको हो।
 
सर्वकालिन उत्कृष्ट टीममा एक गोलरक्षक, चार डिफेन्डर, तीन मिडफिल्डर तीन फरवार्ड समावेश छन्। यस्तै उक्त टीममा सबैभन्दा बढी इटलीबाट तीन खेलाडी पर्न सफल भएका छन् भने स्पेन, फ्रान्स र जर्मनीका समान दुई खेलाडी परेका छन्। नेदरल्याण्ड्स र पोर्चुगलबाट समान एक खेलाडी समावेश छन्।
 

युरो सर्वकालीन उत्कृष्ट टीममा पर्न सफल ११ खेलाडी

गोलरक्षक 
जियानलुजी बफोन, इटली

डिफेन्डर 
पाउलो माल्दिनी, इटली 
फ्रान्ज बेकनबाउर, जर्मनी
कार्लोस पुयोल, स्पेन
फिलिप लाहम, जर्मनी

मिडफिल्डर
आन्द्रे इनेष्टा, स्पेन
आन्द्रे पिर्लो, इटली
जिनेदिन जिदान, फ्रान्स

फरवार्ड
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
थिएरी हेनरी, फ्रान्स
मार्को भान बास्टेन, नेदरल्याण्ड्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell