PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

२२ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा, सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरी दावी



सविन ढकाल

२२ जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा, सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरी दावी

काठमाडौँ : प्रहरीले बन्द गराउँदै हिडेका र सवारी साधनमा तोडफोड् गर्ने २२ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले काठमाडौको कोटेश्वर, बालाजु, त्रिपुरेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए।

देशभर पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो। 

बन्दकर्ताले बिहानै कोटेश्वरमा रोकिराखेको ट्याक्सीमा आगो लगाएका थिए। आगोको कारण ट्याक्सीमा आंशिक क्षति पुगेको छ।

त्यस्तै बालाजुमा एउटा ट्याकसी र त्रिपुरेश्वरमा साझा यातायातमा बन्दकर्ताले ढुङगा प्रहार गरेका छन्। प्रहरीले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरेको छ।

ललितपुरमा बन्दको प्रभाव सामान्य

ललितपुरमा भने बन्दको प्रभाव सामान्य देखिएको छ। ललितपुर प्रहरीले अहिलेसम्म १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ।

प्रहरीले बन्दकर्ताबाट केही गुलेली र पर्चासमेत बरामद गरेको जनाएको छ। सुरक्षा व्यवस्था कडा भएकोले ललितपुरमा बन्दको प्रभाव कम परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक ईश्वर कार्कीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell